भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भैरवीका जनप्रतिनिधिले कार्यकक्षमा टाँसे जनकरारपत्र


  • जेष्ठ ९, २०७९
  • 422 Views
भैरवीका जनप्रतिनिधिले कार्यकक्षमा टाँसे जनकरारपत्र image

दैलेख । भैरवी गाउँपालिकाका जनप्रतिनिधिले स्थानीय तहको निर्वाचनअघि जनतासँग गरेको जनकरारपत्र आफ्नो कार्यकक्षमा टाँसेका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, उन्नत लोकतान्त्रिक पार्टीका नेताहरूले चुनावअघि जनतामाझ गरेका जनकरारपत्र र सहीछापलाई निर्वाचित भएसँगै आफ्नो कार्यकक्षमा टाँसेका हुन् ।

भैरवी गाउँपालिका अध्यक्षमा कांग्रेसबाट रिता शाही र उपाध्यक्षमा देवी भण्डारी निर्वाचित भएका छन् । अध्यक्ष शाहीले जनकरारपत्र पढ्दै भैरवीको समग्र विकासका लागि आफूले एक रुपैयाँ पनि घुस नखाने, जनतामाझ गरेको करारनामाअनुसार काम गर्ने र नसके राजीनामा दिने बताइन् ।

स्थानीय तहको विकासमा भन्दा आफन्त र उपभोक्ता समितिमा आफ्ना मान्छे राख्ने र विभिन्न बहानामा प्रभावकारी काम नहुने जस्ता समस्या समाधान गर्न भन्दै जनकरारपत्र तयार गरिएको थियो । निर्वाचित जनप्रतिनिधि नागरिकप्रति जवाफदेही बनुन् भनेर यस्तो अभियान थालिएको र सोहीअनुसार सहीछापसहितको जनकरारपत्र गाउँपालिका अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा राखिएको गणेशप्रसाद न्यौपानेले जानकारी दिए ।

०७४ को निर्वाचनमा गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको थियो, तर कार्यपालिकामा बहुमत सदस्य कांग्रेस भएकाले काम गर्न असहज भएको निवर्तमान गाउँपालिका अध्यक्ष प्रेम बुढाले बताए । यसपटक कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जिते पनि बहुमत कार्यपालिका सदस्य एमालेले जितेको छ । विगतमा कांग्रेसले जस्तो भूमिका एमालेले निर्वाह गरेमा गाउँपालिकाको विकासमा समस्या हुने देखिएको छ । नयाँ पत्रिका दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.