भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मतदाताको गोपनीयताप्रति संवेदनशील हुन आयोगलाई अभियन्ताको आग्रह


  • जेष्ठ ५, २०७९
  • 380 Views
मतदाताको गोपनीयताप्रति संवेदनशील हुन आयोगलाई अभियन्ताको आग्रह image

काठमाडौं । मतदाताको गोपनीयताप्रति संवेदनशील हुन निर्वाचन आयोगलाई अभियन्ताले आग्रह गरेका छन् । नागरिकको गोपनीयताको हकको ख्याल नगरी निर्वाचन आयोगको आधिकारिक वेबसाइटमार्फत मतदाताको व्यक्तिगत जानकारीहरू सार्वजनिक प्रकाशन गरिएको भन्दै आयोग र सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् । नेपालको संविधान र व्यक्तिगत गोपनीयतासम्बन्धी कानुनले प्रत्याभूत गरेको अधिकार हनन हुने गरी स्थानीय निर्वाचन, २०७९ को तयारीको सेरोफेरोमा आयोगले विवरण सार्वजनिक भएको भन्दै कविता बाहिंग, महिमा प्रधान, नेहा गौचन, रिता बरामू, सपना सञ्जीवनी, श्रीपा प्रधान, शुभ कायस्थ, मनिल सिंहलगायतका अभियन्ताले आग्रह गरेका हुन् ।

चुनावी डाटाबेसका रूपमा आयोगको वेबसाइटमा गएर मतदाता नामावलीको खण्डमा कुनै पनि प्रदेशअन्तर्गत मतदान केन्द्र वा व्यक्तिको ठेगानाअनुसार त्यस मतदान केन्द्रमा रहेको मतदाताको व्यक्तिगत (गोप्य र संवेदनशील) सूचनाजस्तै मतदाता नम्बर, मतदाताको नाम, उमेर, लिंग, वैवाहिक स्थिति, माता–पिताको नाम र ठेगाना सार्वजनिक रूपमा जसले पनि हेर्न सक्छन् । यो विवरण मतदाताको फारम नम्बर, जन्ममिति र नागरिकता नम्बर थाहा भएको खण्डमा जो–कसैले सजिलै हेर्न सकिन्छ,’ ध्यानाकर्षणमा भनिएको छ, ‘मतदाताको डाटा संकलन चुनावी प्रक्रिया र मतदान गर्ने अधिकार सुनिश्चित गर्नका लागि महत्वपूर्ण छ ।

जसमा एकातिर मतदाताले आफ्नो नाम नामावलीमा छुटेको छ कि छैन भनेर हेर्न पाउनु उसको सूचनाको हक हो । तर, अर्कोतिर उसको आफ्नो सूचना अरूले समेत पहुँच राख्न पाउनु निजको गोपनीयताको अधिकारको हनन गर्नु हो ।’ नयाँ पत्रिका दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.