भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मनाङमा हिउँपहिरोमा परी एकजना बेपत्ता


  • पुष १५, २०७८
  • 436 Views
मनाङमा हिउँपहिरोमा परी एकजना बेपत्ता image

मनाङ । मनाङमा हिउँपहिरोमा परी एकजना बेपत्ता भएका छन् । हिमपहिरोमा परी नासोँ गाउँपालिका–४ ओडारको फेम्रो जंगलमा ५५ वर्षीय आच्यु गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए । उनको खोजीकार्य जारी राखिएको प्रहरीले जनाएको छ । तीन दिनसम्म निरन्तर हिमपात हुँदा मनाङको जनजीवन प्रभावित भएको छ ।

मनाङको सदरमुकाम चामेसहित माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ । सोमबारदेखि निरन्तर परेको हिमपातका कारण तापक्रम माइनस १२ डिग्रीसम्म पुगेकाले जनजीवन कष्टकर बनेको छ । चामेमा तीन फिट बाक्लो हिमपात भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । उनका अनुसार मनाङको तल्लो क्षेत्र नासोँ गाउँपालिका– ९ दानक्युदेखि माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएको हो ।

जाडो बढेसँगै तापक्रम दिउँसो माइनस र साँझ–बिहान माइनस ६ देखि माइनस १३ डिग्री सेल्सियससम्म पुगेको सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङका प्रमुख एसपी सूर्यप्रसाद आचार्यले बताए ।

 


Thali Mobile Pvt.Ltd.