भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मन्त्रालय भागबन्डा टुंगो लाग्यो, आजै दिउँसो १ बजे शपथको तयारी


  • माघ ३, २०७९
  • 279 Views
मन्त्रालय भागबन्डा टुंगो लाग्यो, आजै दिउँसो १ बजे शपथको तयारी image

काठमाडौं । सत्ता गठबन्धनको सोमबार राति सम्पन्न बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उच्चस्तरीय राजनीतिक संयन्त्र संयोजक एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने सहभागी थिए ।

‘कुन पार्टीलाई कति मन्त्रालय दिने रु’ नखुलाइए पनि मन्त्रीका शपथ भने आज दिउँसो १ बजे तय गरिएको छ । शपथपछि चार बजे सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालय भागबण्डा टुंग्याएको गृहमन्त्री एवं सरकार प्रवक्ता रवि लामिछानेले जानकारी दिए ।

भागबण्डा टुंगिएसँगै आज मंगलबार मन्त्रिपरिषद् विस्तार तयारी गरिएको छ । जसपा, उन्मुक्ति, लोसपालगायत दललाई पनि सरकारमा सहभागी गराउने प्रयास भए पनि उनीहरूका ‘डिमान्ड’का कारण सहमति जुट्न नसकेको बताइएको छ । यसअघि, सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच करिब ५ घण्टा छलफल भएको थियो । राजधानी दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.