भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मन्थली जाँदै गरेको ईलेक्ट्रोनिक गाडी बीपी राजमार्गमा दुर्घटना : एक जनाको मृत्यु, ८ घाइते


  • कार्तिक १, २०८०
  • 269 Views
मन्थली जाँदै गरेको ईलेक्ट्रोनिक गाडी बीपी राजमार्गमा दुर्घटना : एक जनाको मृत्यु, ८ घाइते image

काभ्रे । बीपी राजमार्गको धुलिखेल सुन्दर बस्तीमा मोटरसाइकल र इभी माइक्रो एकआपसमा ठोकिँदा एक यात्रुको मृत्यु भएको छ। बुधबार बिहान ६ स् ४५ बजे काठमाडौंबाट मन्थली जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२९८ नं। को ईलेक्ट्रोनिक गाडीले ईलामतर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्कर दिएर भाग्ने क्रममा गाडीमा सवार रामेछापको मन्थली नगरपालिका १२ कि २० वर्षीया रमिला बुढाथोकी घाइते भएकी थिइन्। उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा ७स्३० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार उक्त दुर्घटनामा ईलेक्ट्रोनिक गाडीमा सवार मन्थली नगरपालिका १ की पुष्पा तामाङ, लिखु तामाकोसी गाउँपालिका( ६ का टंकप्रसाद दाहाल, मन्थली नगरपालिका( २ की ज्ञानु ढुंगेल, मन्थली नगरपालिका १ की रकिट ढुंगेल, लिखु तामाकोसी गाउँपालिका( ६ का अनिल आलेमगर, सिन्धुली सुनकोसी गाउँपालिका ३ की उर्मिला घिमिरे पनि घाइते भएका छन्। मोटरसाइकल चालक ईलाम थाकथुम गाउँपालिका ३ का ४० वर्षीय रामकुमार राई ढाडमा चोट लागेको र उनकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवार देब्रे खुट्टामा चोट लागेको छ।

उनीहरुको धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकललाई ठक्कर दिने ईलेक्ट्रोनिक गाडीका चालक काभ्रे पनौती नगरपालिका (५ का ४१ वर्षीय उपेन्द्र थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिहेको प्रहरीले जनाएको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.