भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मर्स्याङ्दी दोहनको बल्ल अनुगमन


  • चैत्र ९, २०७९
  • 304 Views
मर्स्याङ्दी दोहनको बल्ल अनुगमन image

गोरखा । मर्स्याङ्दीको मूल प्रवाहभित्रबाट नदीजन्य सामग्री उत्खनन गरेको विषयमा समाचार प्रकाशन भएपछि जिल्ला अनुगमन समितिले बुधबार सो क्षेत्रको अनुगमन गरेको छ। अनुगमनपछि समितिले न्यूनतम आधारभूत मापदण्ड पनि पालना नगरी दोहन गरेको निष्कर्ष निकालेको छ। ‘शाहघाटमा अहिलेसम्म कति उत्खनन गरेरु संकलन कति भयोरु घाटगड्डी कहाँ होरु भन्ने नै निर्माण कम्पनीले देखाउन सकेनन्’ जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेलले भने, ‘कहाँबाट झिक्ने भन्ने सीमांकन गरिएको पनि छैन। सूचना पाटी राखिएको छैन। नदीको बहाव नै परिर्वतन हुने गरी उत्खनन गरिएको पाइयो।’

गोरखा नगरपालिका–१४ को शाहघाटमा अनुगमन टोली पुग्दा तीनवटा एक्साभेटरले नदीजन्य पदार्थ उत्खनन र चारवटा टिपरले निर्माण सामग्री संकलन गरिरहेको थियो। ९ दिनदेखि यो काम चलिरहेको एक्साभेटर चालकले बताएका थिए। गोरखाको घाटबाट उत्खनन भएको ढुंगा गिटी, बालुवा तनहुँतर्फ लगेर स्टोर गरिएको थियो। निर्माण कम्पनीले अनुगमन समितिलाई भने घाटगड्डी नै नभएको र बुधबारबाट मात्रै संकलन सुरु गरेको भन्दै ढाँटेको थियो।

नारीमघाट, भैंसेटारलगायत ठाउँमा पनि मापदण्ड पूरा नगरी उत्खनन भइरहेको देखिएको जिल्ला समन्वय अधिकारी पोखरेलले बताए। यी घाटमा गोरखा नगरपालिकाले ठेक्का लगाएको हो। १ लाख ४३ हजार ४६ घनफिट नदीजन्य पदार्थ उत्खनन गर्ने गरी शाहघाटको जिम्मा सुजन छिम्केश्वरी निर्माण सेवाले लिएको छ। उक्त कम्पनीले संकलन गरेको नदीजन्य सामग्री आँबुखैरेनी–पोखरा सडकखण्डको निर्माण जिम्मा लिएको चाइना कम्यूनिकसेन एन्ड कन्ट्रक्सन कम्पनीलाई बिक्री गरेको छ।

अनुगमनका क्रममा सम्झौताअनुसारका सर्तहरू निर्माण कम्पनीले पालना नगरेको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले बताए। ‘अहिलेसम्म कति परिणाममा उत्खनन भयोरु कति बाँकी छ भन्ने विवरण प्राविधिकलाई पेश गर्न भनेका छौं’, उनले भने। यो विवरण आएपछि पुनः अनुगमन गरिने बताउँदै उनले तीनवटै घाटको जिम्मा लिएका निर्माण कम्पनीलाई सम्झौताअनुसार मात्रै उत्खनन गर्न बुधबार पत्र काटिएको बताए।

नगरपालिकाको प्राविधिक नियमित रूपमा घाटमा नखटिनु, सुरक्षाकर्मी नियमित रूपमा उपस्थित नहुँदा जिम्मा पाएको कम्पनीले मनोमानी गरेको अनुगमन समितिको निष्कर्ष छ। सोहीक्रममा नारीघाट र गोनपा–१३ मा रहेको भैंसेटार घाटमा पनि अनुगमन गरिएको थियो। भैंसेटार घाटमा पनि धमाधम नदीजन्य पदार्थ उत्खनन भइरहेको छ। तर, हालसम्म नदीजन्य पदार्थ उत्खननका लागि प्राविधिक तोकिएको चार किल्ला निर्धारण गरिएको छैन भने आयोजना बारेमा सूचना बोर्डसमेत टाँसिएको छैन।

सो स्थानबाट उत्खनन गरिएको सामग्रीको घाटगड्डी पनि व्यवस्थित छैन। यो घाटबाट संकलित सामग्री पनि चाइना कम्युनिकेसन एन्ड कन्ट्रक्सन कम्पनीलाई बिक्री हुँदै आएको छ। यो कम्पनीले आँबुखैरेनी–पोखरा सडकखण्डको विस्तारसहित कालोपत्रको जिम्मा लिएर काम गरिरहेको छ।

जिल्ला अनुगमन समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगरको नेतृत्वमा भएको अनुगमन टोलीमा गोनपाका कार्यवाहक नगरप्रमुख विष्णुप्रसाद श्रेष्ठ, अनुगमन समितिका सचिव नानीबाबु पोखरेल, गोनपाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन, सबइन्जिनियर कपिल कोइराला, वडा–१४ का प्राविधिकलगायतका स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकारलगायतको उपस्थिति थियो। अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.