भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

महामारीसँग जुध्न जीवनशैली सुधार्न सुझाव


  • माघ ९, २०७८
  • 403 Views
महामारीसँग जुध्न जीवनशैली सुधार्न सुझाव image

काठमाडौँ । कोरोना भाइरसको ओमिक्रोन प्रजातिबाट फैलिएको कोभिड–१९ को सङ्क्रमण तीव्र रूपमा फैलिँदैछ । यसकै अघिल्लो प्रजाति डेल्टाभन्दा ओमिक्रोनको प्रभाव ‘कमजोर’ भए पनि तीव्र विस्तारले त्रास बढेको छ तर ओमिक्रोन डेल्टाजस्तो खतरनाक नरहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् । मौसमी रुघासँग मिल्दो लक्षण भएको र सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले सजग र सतर्क रहन चिकित्सकहरूले सुझाव दिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा। शेरबहादुर पुनले नेपालमा देखिएको कोभिड–१९ को नयाँ सङ्क्रमणको लहर तीन दिनदेखि एक सातासम्म रहेको पाइएको बताउनुभयो उहाँले अहिले नेपालमा देखिएको कोभिड–१९ को लक्षण र प्रभाव हेर्दा नयाँ लहर लामो समयसम्म नरहने बताउनुभयो । नेपालमा ओमिक्रोन र डेल्टाको अनुपातबारे अध्ययन गर्न बाँकी नै रहेको बताउँदै उहाँले बेलायत, अमेरिका र अफ्रिकाजस्ता देशमा डेल्टालाई ओमिक्रोनले प्रतिस्थापन गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “ती देशहरूमा ७०–८० प्रतिशतसम्म डेल्टा भाइरसलाई ओमिक्रोनले प्रतिस्थापन गरेको छ । लक्षणका आधार र ती देशको आधार मान्ने हो भने ओमिक्रोन बढेको छ । परीक्षण गर्न महँगो र जनशक्तिको अभाव हुँदा नेपालमा ओमिक्रोनको अनुपात कस्तो भन्ने यकिन हुन सकेको छैन ।”

फरक लक्षण
डा। पुनका अनुसार कोभिड–१९ को नयाँ लहरमा अलि फरक लक्षण देखिएको छ । डेल्टा भाइरसले स्वास्थ्य निकै जटिल बनाएपछि ओमिक्रोनले त्यति धेरै गलाउन नसकेको उहाँले बताउनुभयो । डा. पुनले भन्नुभयो, “डेल्टा भाइरसले निमोनिया, श्वासप्रश्वास गर्न गाह्रो हुने, ज्वरो अत्यधिक, स्वाद गन्ध थाहा नपाउने र खोकी लाग्ने लक्षण थियो तर ओमिक्रोनको सङ्क्रमण त्यत्ति जटिल छैन ।”

उहाँका अनुसार ओमिक्रोन भाइरसको सङ्क्रमणबाट घाँटी दुख्ने, टाउकोको अगाडिको भाग र आँखा दुख्ने, शरीर असाध्यै दुख्ने र मन्द ज्वरो आउने लक्षण देखिएका छन् । उहाँले भन्नुभयो, “लक्षणकै आधारमा यही हो भन्न मिल्दैन । सङ्क्रमितको अवस्था हेर्दा अहिलेको लहर त्यति खतरापूर्ण देखिँदैन । खोप लगाइसकेको हुनाले लक्षण मन्द र सामान्यीकरण हुँदै गएको हो भन्न सकिन्छ ।”

कसरी जोगिने ?
कोभिड–१९ को नयाँ लहरले क्रसित बनाए पनि यसबाट बच्नका लागि आधारभूत स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने डा। पुनको धारणा छ । उहाँले भन्नुभयो, “कोभिड–१९ बाट बच्ने उपाय सर्ने तयारीसँग सम्बन्धित हुन्छ । हावाबाटै सर्ने भएकाले सङ्क्रमित कोही भएमा स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड पालना गर्ने र मास्क लगाएमा यसको जोखिम कम हुन्छ ।” डा.पुनले यस पटक तीन दिनदेखि एकसातासम्ममै सङ्क्रमितले स्वास्थ्यलाभ गरिसकेको पाइएको बताउनुभयो । उहाँले दीर्घरोगीलाई स्वास्थ्य समस्या आउन सक्ने बताउँदै स्वास्थ्य जटिल भएमा चिकित्सकसँग परामर्श गर्न सुझाव दिनुभयो ।

जीवनशैलीमा सुधार आवश्यक
मनोचिकित्सक डा. कपिलदेव उपाध्यायले कोभिड–१९ प्रकोप सुरु भएपछि नेपाली स्वास्थ्य क्षेत्रमा भौतिक सुधार भएको बताउनुभयो तर स्वास्थ्य सुविधा वृद्धि हुनुभन्दा पनि बिरामी नहुनेतर्फ ध्यान दिनुपर्ने उहाँको धारणा छ । उहाँले भन्नुभयो, “कोभिड–१९ जस्ता महामारीसँग जुध्न जीवनशैली परिवर्तन गर्नुपर्छ । खानेकुराबाटै रोग भित्रिन्छ ।

जथाभावी खाने र जीवनशैली भड्किलो त्याग्नुपर्छ । ”प्रदूषित वातावरणका कारण युवावस्थामै गम्भीर रोग लाग्ने, मधुमेह, उच्च रक्तचाप, हृदयाघातजस्ता रोग बढेको बताउँदै डा. उपाध्यायले प्रत्येक व्यक्ति सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “निद्रा राम्रो छैन, रोग प्रतिरोधी शक्ति कम छ भने प्रकोपसँग लड्न सकिँदैन । त्यसैले सन्तुलित खाना खाने, चिनीबाट बनेका मिठाई, मादक पदार्थ, चुरोट आदि नखाने र नियमित शारीरिक व्यायाम गर्नुपर्छ । ” गोरखापत्र दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.