भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

महिलालाई क्रिस्टलको गहना बनाउने तालिम


  • पुष २१, २०७९
  • 262 Views
महिलालाई क्रिस्टलको गहना बनाउने तालिम image

दोलखा । महिलाहरूलाई सीप सिकाइमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ दोलखाको सदरमुकाम चरिकोटमा आयोजना गरिएको क्रिस्टलको गहना बनाउने चारदिने तालिम सम्पन्न भएको छ । सुदृढ जोखिम व्यवस्थापन तथा समावेशी आर्थिक सामाजिक विकासमार्फत समुदायको उत्थानशीलता अभिवृद्धि परियोजना अन्तर्गत परियोजना एएसबी जर्मन, रिड नेपाल र गौरीशङ्कर सामुदायिक पुस्तकालयको साझेदारीमा सञ्चालित तालिम सम्पन्न भएको पुस्तकालयका अध्यक्ष कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो । पुस्तकालयसँग समुदायलाई जोड्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा पुस्तकालयले पुलको रूपमा पनि काम गरिरहेको छ ।

तालिममा ३० जनाको सहभागिता थियो । उहाँहरूलाई अर्चना अधिकारीले प्रशिक्षण दिनुभएको थियो । तालिम समापन कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले सीप सिक्नु र त्यसको उपयोग गर्नु ठूलो कुरा रहेको बताउँदै महिलाहरूको सशक्तीकरणका लागि नगरपालिका साथमा रहेको उल्लेख गर्नुभयो । गोरखापत्र दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.