भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

महोत्तरीको लोहारपट्टी नगरपालिकास्थित मुसहर टोलका बालिका, जो विद्यालय जाँदैनन्


  • भाद्र ३०, २०७७
  • 450 Views
महोत्तरीको लोहारपट्टी नगरपालिकास्थित मुसहर टोलका बालिका, जो विद्यालय जाँदैनन् image

जनकपुरधाम । छेउँमै दलित स्कुल छ, सदा पूर्वप्राथमिक विद्यालय। तर, मुसहर समुदायका बालबालिका सो विद्यालयमा पढ्न जाँदैनन्। अभिभावकको नागरिकता नभएपछि जन्मदर्ता नहुँदा मुसहर समुदायका बालबालिका पठनपाठनबाट वञ्चित छन्। प्रदेश २ का धेरै स्थानीय तहमा बालबालिका पोषण अभियान, प्रदेश सरकारको मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ जस्ता गतिविधि चलिरहेको छ।

महोत्तरीको लोहारपट्टी नगरपालिकास्थित मुसहर बस्तीको सदा टोलका बालबालिकालाई भने यस्तो अभियानले छुन सकेको छैन। अति विपन्न मुसहर समुदायको बसोबास भएको यो बस्तीमा सरकारको अभियान शून्य छ। महोत्तरी सदरमुकाम जलेश्वरको खैरा टोलका १० वर्षीया राधा र १२ वर्षिया सञ्जिता सदा बुवाआमालाई घरको कामकाज सघाउँछन्। खाना पकाउनेदेखि बस्तुभाउ चराउने उनीहरूको दैनिकी बनेको छ। जेठी छोरी सञ्जिताले घरको सबै काम हेुर्नुपर्छ, बहिनी राधाले उनलाई सघाउँछिन्।

‘हामीले घरको काम गर्छौं, बुवाआमा अरूको खेतमा काम गर्न जानुहुन्छ, अनि साँझ र बिहान खाना खान्छौं। सञ्जिता भन्छिन्, ‘पढ्ने मन त छ तर काम गर्नु कि पढ्नु ? ’ प्रदेशको सदरमुकाम बन्न प्रयत्न धनुषाको जनकपुरधाम होस् वा पर्साको वीरगन्ज दुवै सहरमा धेरै बालबालिका विद्यालय जानबाट वञ्चित छन्। संघीय सरकारको तथ्यांकअनुसार प्रदेश २ मा विद्यालय जान वञ्चित बालबालिकाको संख्या धनुषा र पर्सामा सबैभन्दा धेरै छ।

धनुषामा २७ हजार २ सय ९७ र पर्सामा २७ हजार १ सय ५ बालबालिका विद्यालय जाँदैनन्। यस्तै सूचीमा क्रमशः बारा, सर्लाही, रौतहट, सिरहा, सप्तरी र महोत्तरीमा छ।शिक्षा मन्त्रालयको तथ्यांकअनुसार प्रदेश २ का ८ जिल्लामा १ लाख ९१ हजार २ सय २१ बालबालिका विद्यालय बाहिर छन्। संविधानले शिक्षा अनिवार्य र निःशुल्क भनेको छ। सडक, सञ्चार र भौतिक पूर्वाधारले अन्य प्रदेशभन्दा अघि भए पनि पारिवारिक अवस्थाले प्रदेश २ का बालबालिका विद्यालय जाँदैनन्। अन्नपूर्ण पोष्टबाट…

 


Thali Mobile Pvt.Ltd.