भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

माघ २ गतेदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने


  • माघ १, २०७८
  • 468 Views
माघ २ गतेदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने image

काठमाडौँ । सरकारले माघको पहिलो हप्तादेखि कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पुस २८ गते माघको पहिलो हप्तादेखि बुस्टर मात्रा दिने मन्त्रीस्तरीय निर्णय भएको हो । स्वास्थ्य मन्त्रालयले ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यलयलाई पत्र लेख्दै बुस्टर मात्राको ओप लगाउन निर्देशन दिएको छ । माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्ति र माघको १४ गतेदेखि ६० वर्षमाथि र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर मात्राको खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । बुस्टर मात्रामा पहिले लगाएकै खोप दिइने पनि मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले अहिलेसम्म २ करोड ७४ लाख ७५ हजार ९ सय ९५ मात्रा खोप लगाइसकेको छ । त्यसमध्ये कम्तीमा एक मात्रा लगाउनेको संख्या १ करोड ५६ लाख ६ हजार २१ र पूर्ण मात्रा लगाउनेको संख्या १ करोढ १८ लाख ६९ हजार ९ सय ७४ रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म विभिन्न मुलुकबाट खरिद गरिएको र सहयोगस्वरूप प्राप्त गरी नेपालमा कुल ४ करोड ३ लाख ८८ हजार ८ सय ४० मात्रा खोप प्राप्त भएको छ । कान्तिपुर दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.