भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मातृभूमि टेक्दा…


  • भाद्र २, २०७८
  • 686 Views
मातृभूमि टेक्दा… image

काठमाडौं । ओखलढुंगाका ५० वर्षीय भीममणि राई ६ वर्षअघि अफगानिस्तान पुगेका थिए। त्यहाँको सत्ता तालिबानले कब्जा गरेपछि उनी मंगलबार बिहान नेपाल फर्किएका छन्। अमेरिकाले काबुलस्थित आफ्नो दूतावासमा कार्यरत १ सय २७ जनालाई उद्धार गर्दा भीममणि पनि परेका हुन्। जसमा १ सय १८ नेपाली र ९ भारतीय छन्।

‘अफगानिस्तानको अवस्था नाजुक छ’, उनले भने, ‘थुपै्र नेपाली अलपत्र अवस्थामा छन्। छिटो उद्धार गर्नुपर्छ।’ उनी दूतावासमा सुरक्षागार्ड थिए। उनका अनुसार काबुलमा कहाँ के भइरहेको छ केही थाहा हुँदैन। ‘कति बेला के हुन्छ, त्रास भइरहन्छ’, उनले भने, ‘जहाँ पायो त्यहीँ फायरिङ भइरहेको हुन्छ। नेपालीहरू आतंकित छन्।

हामी त आयौं, अरू थुप्रै नेपाली उतै अड्केर बस्नुभएको छ।’ तालिबानले ७२ घण्टामा काबुल छाड्न दबाब दिएपछि अमेरिकाले उद्धार गरेका नेपाली र भारतीयलाई कतारको दोहाबाट कुवेत हुँदै नेपाल ल्याइएको हो। अमेरिकी दूतावासमा कार्यरत नेपाली स्वदेश फर्कन पाए पनि अरू मुलुकका दूतावासलगायत क्षेत्रमा रहेका कामदारको अवस्था बेहाल छ।

‘धूवाँको मुस्लो देखिन्थ्यो। गोलीको आवाज सुनिन्थ्यो। तर, कहाँ के भइरहेको थाहा हुँदैनथ्यो’, उनले भने। उनी तत्काल अफगानिस्तान जाने योजनामा छैनन्। ‘अहिले जागिरको कुरा नगरौं। असहज परिस्थिति भएका कारण सकुशल फर्किन पाएकोमा खुसी लागेको छ’, उनले भने।
सत्ता तालिबानको कब्जामा गइसकेकाले पुराना मान्छेले ठाउँ पाउने नपाउने अन्योल रहेको उनले सुनाए।

‘समयअनुसार चल्नुपर्छ, जागिरभन्दा ज्यान प्यारो छ’, उनले भने। उनले अफगानिस्तान जानुअघि सेनामा १८ वर्ष काम गरेका थिए। सशस्त्र द्वन्द्वको स्मरण गर्दै उनले भने, ‘यहाँ त भाइचाराको सम्बन्ध हुन्थ्यो। तर, त्यहाँ भाइचारा, मानवता भन्ने हुँदैन।’ त्रासकैबीच काम गर्नुपर्ने बाध्यता भए पनि उद्धारपछि राहत महसुस भएको उनले सुनाए।

१ सय २७ जनाकै टोलीमा परी सुनसरी धरानका प्रकाश राई घर फर्किएका छन्। उद्धारपछि स्वदेश आउन पाएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘हामी त आयौं तर त्यहाँ भएका धेरै नेपाली असुरक्षित छन्।’ उद्धारका लागि सरकारले तत्काल सोच्नुपर्ने उनले बताए। ‘नेपालीहरू उद्धार पर्खिरहेका छन्, चाँडोभन्दा चाँडो नेपाल फिर्ता ल्याउनुपर्छ’, उनले भने।

पोखराका रमेश गुरुङले काबुलमा रहेका अरू नेपालीलाई छिटो उद्धार गरिनुपर्ने बताए। अमेरिका शक्तिशाली देश भएकाले आफू तत्काल नेपाल फर्किन पाएको उनको भनाइ छ। पुरा समाचार पढ्न अन्नपूर्ण पोष्ट हेर्नुहोला…

 


Thali Mobile Pvt.Ltd.