मुटुरोगीलाई डा. प्रकाशराज रेग्मी वरिष्ठ मुटुरोग विशेषज्ञको सुझाव
रगतमा धेरै मात्रामा कोलेस्टेरोेल भएमा हृदयाघात हुने सम्भावना बढ्छ । रगतमा कोलेस्टेरोल नियन्त्रण गर्ने बारेमा ज्ञान भएमा हृदयाघात हुने सम्भावनालाई कम गर्न सकिन्छ । कोलेस्टेरोेल शरीरका प्रत्येक कोषमा पाइने नरम चिल्लो पदार्थ हो, जुन शरीरका लागि अत्यावश्यक हुन्छ तर यसको मात्रा बढी भएमा शरीरलाई हानि हुनसक्छ । यसको उत्पादन प्रमुख रूपमा कलेजोमा हुन्छ । मासु, दूधबाट बनेका पदार्थ तथा अण्डाको पहेँलो भाग यसका प्रमुख स्रोत हुन् ।
कोलेस्टेरोल तथा अन्य चिल्लो पदार्थ मुटु र दिमागमा रक्तप्रवाह गर्ने रक्तनलीहरूमा जम्न गई रक्तनलीहरू साँघुुरिन सक्छन् । यस प्रक्रियालाई एथेरोस्क्लेरोसिस भनिन्छ । यो प्रक्रिया बढ्दै गएमा रक्तनलीहरूको रक्तप्रवाहमा गतिरोध उत्पन्न भई हृदयाघात, मस्तिष्कघात हुन जान्छ । कोलेस्टेरोेल तथा अन्य चिल्ला पदार्थ रगतबाट कोषहरूमा र कोषहरूबाट रगतमा विशेष प्रकारका भरियाद्वारा बोकिने गर्छन् । यी भरियालाई लिपोप्रोटिन भनिन्छ । लिपोप्रोटिनहरू हाम्रो शरीरमा धेरै प्रकारका छन् तर हामीले सधैँ सुन्ने गरेका लिपोप्रोटिन मुख्यतया एलडिएल हुन् । यी दुवै लिपोप्रोटिन कोलेस्टेरोल बोक्ने भरिया हुन् ।
असल र खराब कोलेस्टेरोेल
एलडीएलले रगतबाट कोलेस्टेरोेल र अन्य चिल्लो पदार्थ बोकेर रक्तनलीमा पु¥याई जम्मा गरिदिन्छ । यसका कारण रक्तनली साँघुुरिन पुग्छ अनि हृदयाघात र मस्तिष्कघातको सम्भावना बढ्छ । यसैले एलडीएल कोलेस्टेरोललाई खराब कोलेस्टेरोेल भनिन्छ । एचडीएलले रक्तनलीमा जम्मा भएको कोलेस्टेरोेललाई रगतमा फिर्ता ल्याई कलेजोमा पु¥याउँछ ।
यसले रक्तनलीमा जमेको कोलेस्टेरोेललाई घटाएर रक्तनली सफा गर्छ भन्ने विश्वास गरिन्छ । यस कारण एचडीएलले बोकेको कोलेस्टेरोेललाई असल कोलेस्टेरोेल भनिएको हो । एचडीएल कोलेस्टेरोलको मात्रा बढी भएमा हृदयाघात र मस्तिष्कघातको सम्भावना कम रहन्छ । यसको मात्रा कम भएमा हृदयाघात र मस्तिष्कघातको सम्भावना बढ्छ ।
कोलेस्टेरोेल घटाउँदा हृदयाघातको खतरा घट्छ
विभिन्न अध्ययन÷अनुसन्धानबाट रक्त कोलेस्टेरोलको मात्रा घट्दा हृदयाघातको खतरा घट्ने प्रमाणित भइसकेको छ । रक्त कोलेस्टेरोललाई राम्रैसँग घटाउन सकेको खण्डमा एथेरोस्क्लेरोसिस पनि घट्छ र साँघुरिएको रक्तनली फेरि खुल्न सक्छ । साधारणतया रक्त कोलेस्टेरोल एक प्रतिशत घटाउन सकेमा हृदयाघातको खतरा दुई प्रतिशतले घट्छ । रक्त कोलेस्टेरोल २५० मिलिग्रामबाट २०० मिलिग्राममा घटाउँदा हृदयाघातको खतरा ४० प्रतिशतले घट्न पुग्छ । गोरखापत्रबाट…
