भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मुद्दा हराएबापत एमालेले महाभियोग ल्याउन पाउँदैन : पौडेल


  • फाल्गुन ३, २०७८
  • 443 Views
मुद्दा हराएबापत एमालेले महाभियोग ल्याउन पाउँदैन : पौडेल image

काठमाडाैं ।  कांग्रेस नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध प्रमुख प्रतिपक्ष दल एमालेले महाभियोग प्रस्ताव ल्याउन नमिल्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा पौडेलले संसद् विघटनको मुद्दामा आफूलाई हराएबापत सर्वोच्चको निर्णयविपरीत एमालेले महाभियोग प्रस्ताव ल्याउन नमिल्ने बताएका हुन् ।

‘खै, अब उहाँहरूले त्यो प्रस्ताव ल्याउनुहोला जस्तो लाग्दैन । त्यो प्रस्ताव ल्याउनुहोला भन्ने विश्वास छैन । र, एउटा कुरा के हो भने आफूलाई मुद्दा हराएबापत महाभियोग ल्याउन पाइँदैन । त्योचाहिँ सरासर अनुचित हो । किनभने, मुद्दाको हकमा सर्वोच्चको निर्णय नै अन्तिम हुन्छ । त्यसलाई चुनौती दिनुहुँदैन, त्यो पाइँदैन,’ उनले भने । पौडेलले आफूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सम्मानजनक बहिर्गमनका लागि राजीनामा दिन पटक–पटक सुझाएको पनि स्मरण गरे ।

कांग्रेस संसदीय दलको बैठक आज
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरेपछि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठक बस्नेछ । सूचनामा बैठकको एजेन्डा भने खुलाइएको छैन । कांग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावका विषयमा खेल्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ । नयाँ पत्रिका दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.