भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मौलिक हकका लागि पीसीआर निःशुल्क गर्न सर्वोच्चको परमादेश


  • आश्विन १६, २०७७
  • 627 Views
मौलिक हकका लागि पीसीआर निःशुल्क गर्न सर्वोच्चको परमादेश image

काठमाडौँ । सर्वोच्च अदालतले नागरिकको स्वास्थ्य सम्बन्धी मौलिक हक प्रचलनमा ल्याउन कोरोना भाइरस परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश आदेश जारी गरेको छ । अधिवक्ताद्वय लोकेन्द्र ओली र केशरजङ केसीको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले परीक्षण निःशुल्क गर्ने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई परमादेश जारी गरेको हो ।

अन्तरिम आदेश जारीका सम्बन्धमा अदालतले पेसी तोके पनि मुद्दाको सम्पूर्ण अङ्ग पुगेको भन्दै अदालतले बिहीबार नै अन्तिम फैसला सुनाएको निवेदक अधिवक्ता वलीले जानकारी दिनुभयो । अदालतले फैसलाको पूर्ण पाठ भने सार्वजनिक गरेको छैन । भदौ ३० गते न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले निवेदकका मागमा आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश जारी गरेको थियो ।

निवेदकले नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा परिभाषित गरेको तथा जनस्वास्थ्य सम्बन्धी ऐनको दफा ३ को उपदफा ४ ९ग०ले सरुवा रोगको उपचार निःशुल्क गरेको भन्दै सो व्यवस्था कार्यान्वयनको माग गर्दै अदालतमा रिट दायर गर्नुभएको थियो । पीसीआरको शुल्क लिनु संविधानको धारा ३५ ९१० विपरीत हुने निवेदकको जिकिर थियो । यस्तै संविधानको धारा १८ ९१० बमोजिम सबै नागरिकलाई समान व्यवहार राज्यले गर्नुपर्ने पनि निवेदन जिकिर थियो ।

निवेदकले संविधान र कानुन विपरीत हुने गरेर परीक्षण शुल्क तोक्ने निर्णय बदरको माग गर्नुभएको थियो । उक्त निर्णय बदरसहित सरकारले नै कोभिड–१९ परीक्षणको पूर्ण जिम्मेवारी लिन र सोको व्यवस्थापन गर्न रिटमा माग भएको थियो । रिटको मागदाबी अनुसार परमादेश जारी भएको हो । अहिले सरकारले सरकारीसँगै निजी प्रयोगशालालाई परीक्षण शुल्क लिने अनुमति दिएको छ ।

निश्चित सरकारी बाहेक अन्य प्रयोगशालाले शुल्क लिइरहेका छन् । निजी प्रयोगशालाले सरकारले तोकेको शुल्कको दायरा पालना गरेका छैनन् । बुधबार मात्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको शुल्कमा परीक्षण गर्न प्रयोगशालालाई पुनः निर्देशन दिएको थियो । निर्देशन पालना नभए अनुमति खारेजीको चेतावनी मन्त्रालयले दिएको छ । गोरखापत्रबाट…

 


Thali Mobile Pvt.Ltd.