भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

यस्ताे आयो हवाई उद्धार निर्देशिका


  • आश्विन २६, २०७७
  • 502 Views
यस्ताे आयो हवाई उद्धार निर्देशिका image

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भई गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारका लागि हवाई उद्धार गर्ने भएको छ । त्यसका लागि एयर लिफ्टिङ गर्ने सम्बन्धी मापदण्ड–२०७७ जारी गरिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना सङ्क्रमण भई गम्भीर अवस्थामा पुगेका बिरामीका लागि सुरक्षित रूपमा तत्काल विमान मार्फत उद्धार गरी उपचार गर्नुपर्ने भएकाले उक्त निर्देशिका जारी गरिएको जानकारी दिनुभयो । उहाँले मापदण्ड गम्भीर प्रकृतिका कोभिड–१९ बिरामीका लागि लागू हुने जानकारी दिँदै साधारण र मध्यम प्रकृतिका बिरामीका लागि एयर लिफ्टिङ नगरिने बताउनुभयो ।

डा. अधिकारीले सङ्क्रमितले उपचार गरिरहेको अस्पतालमा उपचार सम्भव नभएको भनी उपचाररत चिकित्सकले अनिवार्य रूपमा सिफारिस गरेको हुनुपर्ने बताउनुभयो । उहाँले विमान अवतरण गर्ने स्थानबाट बिरामीलाई अस्पतालसम्म पु¥याउन मापदण्ड पूरा गरेका एम्बुलेन्सलाई अग्रिम निश्चित गरेको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको बताउनुभयो ।

यस्तै एयर लिफ्टिङ गर्दा विमान, हेलिकप्टर, एयर एम्बुलेन्सले जनस्वास्थ्यका मापदण्ड अपनाई कोभिड–१९ बिरामीको ओसारपसार गर्नुपर्ने हुन्छ । उक्त मापदण्डमा विमानमा एक जना मेडिकल अफिसरसहित कम्तीमा दुई स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने र उक्त व्यवस्था विमान कम्पनीले नै गर्नुुपर्ने छ।

विमानमा अक्सिजनका साथै लाइफ सेभिङ मेडिसिन, पर्याप्त मात्रामा पीपीई, सेनिटाइजर, डिसइन्फेक्टेड लगायत औषधि तथा औषधिजन्य सामग्री अनिवार्य रूपमा हुनुपर्ने, विमान चालक दलका कर्मचारी, स्वास्थ्यकर्मी, बिरामी तथा बिरामीका आफन्तले अनिवार्य रूपमा जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने छ। गोरखापत्रबाट…

 


Thali Mobile Pvt.Ltd.