भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

यस्तो छ शक्ति बाँडफाँडबारे प्रचण्ड–ओलीको प्रारम्भिक समझदारी


  • पुष १४, २०७९
  • 211 Views
यस्तो छ शक्ति बाँडफाँडबारे प्रचण्ड–ओलीको प्रारम्भिक समझदारी image

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच शक्ति बाँडफाँडबारे प्रारम्भिक समझदारी बनेको छ । जसअनुसार एमालेले चार र माओवादीले दुईवटा प्रदेशको मुख्यमन्त्री लिनेछन् । एमालेले प्रदेश १, गण्डकी तथा बागमती, कर्णाली र लुम्बिनीमध्ये दुईवटा प्रदेशको मुख्यमन्त्री लिनेछ । त्यस्तै, माओवादीले सुदूरपश्चिम तथा कर्णाली, बागमती र लुम्बिनीमध्ये एक प्रदेशको नेतृत्व लिने समझदारी भएको स्रोतको भनाइ छ ।

मधेसमा भने जसपा र जनमत पार्टीको दाबी रहेकाले उनीहरूलाई आलोपालो गर्ने गरी समझदारीमा आउन प्रस्ताव गर्ने तयारी दुई नेताको छ । त्यस्तै, संघीय सरकारमा एमालेले नौदेखि १०, माओवादीले पाँचदेखि सात मन्त्रालय लिनेछन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई बढीमा तीन, राप्रपा र जसपालाई दुई–दुई तथा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई एक–एक मन्त्रालय दिने समझदारी बनेको स्रोतको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलहरूले भने बढी मन्त्रालयमा दाबी गर्दै आएका छन् । कुन दलले कति र कुन–कुन मन्त्रालय पाउने विषयमा बिहीबार बालुवाटरमा बस्ने सत्तागठबन्धनमा सहभागी दलहरूको बैठकमा विस्तृत छलफल हुने नेताहरूको भनाइ छ । एकीकृत समाजवादी, राप्रपा र जसपालाई पनि सरकारमा सहभागी गराउने पहल प्रधानमन्त्री प्रचण्डले गरिरहेका छन् ।

त्यस्तो अवस्थामा उनी र ओलीबीच भएको समझदारीमा फेरबदल हुनेछ । राष्ट्रपति र सभामुख एमालेले पाउने प्रारम्भिक समझदारी भए पनि उपराष्ट्रपति, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष, प्रदेश प्रमुख र प्रदेशका सभामुखको भागबन्डा पनि टुंगो लाग्न बाँकी छ । नयाँ पत्रिक दैनिकाबाट….

 


Thali Mobile Pvt.Ltd.