भर्खरै : Sorry, your browser does not support inline SVG.
अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा | “बोल्यो कि पोल्यो?” : नेताहरूको अभिव्यक्तिले भू–राजनीति बदल्ने उदाहरणसँग बालेन शाहको भनाइ जोडेर कूटनीतिक बहस | महोत्तरीमा बालक अपहरण प्रयास : फरार अभियुक्त रौतहटबाट पक्राउ | तातो हावा लहर (हिट वेभ) को जोखिम बढ्दै : पूर्वतयारी र समन्वयमा जोड | ब्लु ओरिजिनको प्रक्षेपणस्थल विस्फोट : नासाको चन्द्र अभियान समय तालिकामा असर पर्ने चिन्ता | दैलेखमा पारिवारिक विवादले उग्र रूप लियो : बुबाको कुटपिटबाट छोराको मृत्यु | रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच भेटवार्ता, नेपाल–भारत सम्बन्धबारे छलफल | महोत्तरीमा लुटेराको गोली लागेर श्रीमान्-श्रीमती घाइते, उपचारका लागि जनकपुर पठाइयो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

युक्रेनलाई पैसा दिँदा दिँदै अमेरिकी जनता थाकिसके : ह्वाइट हाउस


  • फाल्गुन १७, २०८१
  • 231 Views
युक्रेनलाई पैसा दिँदा दिँदै अमेरिकी जनता थाकिसके : ह्वाइट हाउस image

वासिङटन डिसी । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले अमेरिकी जनता युक्रेनलाई पैसा दिँदा दिँदै थाकिसकेको बताएकी छिन्।ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै लेभिटले भनिन्, उनी ( युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की ) यस युद्धको व्यावहारिक वास्तविकतालाई स्वीकार गर्न अस्वीकार गरिरहेका छन्। यो युद्ध धेरै वर्षदेखि चलिरहेको छ, उनका देशवासीहरू मरिरहेका छन् र यो युद्धलाई आर्थिक सहयोग गरेर अमेरिकी जनता थाकेका छन्।

उनले थप भनिन्, परिस्थिति जेलेन्स्कीको पक्षमा छैन, राष्ट्रपति ट्रम्पको पक्षमा छ। ट्रम्पको प्राथमिकता अघिल्लो अमेरिकी प्रशासनभन्दा फरक छ र उनी युद्धको अन्त्य चाहन्छन्। तर जेलेन्स्की अहिले यो चाहन्छन् जस्तो लाग्दैन।यसअघि शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच भएको भेटघाट चर्को बहसमा परिणत भएको थियो।

यस बहसमा विश्वभरका नेताहरूले प्रतिक्रिया दिइरहेका छन्। यस मामिलामा, अमेरिकाको विपक्षी डेमोक्रयाटिक पार्टीका धेरै नेताहरूले पनि राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई दुर्व्यवहारु गरेको आरोप लगाएका छन्।अन्नपूर्ण पोस्टबाट…

 


Thali Mobile Pvt.Ltd.