भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

यो हो एक क्विन्टल सुन भित्र्याउने कम्पनी रेडी ट्रेडका मालिक भनिएका दिलीप भुजेलको दोलखास्थित घर


  • श्रावण ११, २०८०
  • 230 Views
यो हो एक क्विन्टल सुन भित्र्याउने कम्पनी रेडी ट्रेडका मालिक भनिएका दिलीप भुजेलको दोलखास्थित घर image

दोलखा । दिलीपका बुबा रामबहादुर काठमाडौंमै ज्यामी काम गर्छन्, गाउँमा रहेकी आमा कल्पना र पत्नी प्रमिला भन्छन्– भेट्न काठमाडौं जान बाटोखर्च पनि छैन

दोलखाको मेलुङ गाउँपालिका– १ पवटीको सिम्टेसम्म कच्ची बाटोको यात्रा गरेर आधा घन्टा उकालो पैदल लागेपछि आउँछ– बिसौना टोल । त्यहाँ जस्ताले छाएको डेढतले घर छ, जुन ०७२ को भूकम्पपछि सरकारी अनुदानसहित लागतमा बनेको हो ।

यो घर हो, अहिले चर्चामा रहेको एक क्विन्टल सुन भित्र्याउने कम्पनी रेडी ट्रेडका मालिक भनिएका २१ वर्षीय दिलीप भुजेलको । गाउँमा परिवारको हातमुख जोर्न गाह्रो भएपछि उनी ६ महिनाअघि मजदुरी गर्न काठमाडौं गएका थिए । उनका बुबा रामबहादुर अहिले पनि काठमाडौंमै ज्यामी काम गर्छन् ।

राजस्व अनुसन्धान विभागले गत ३ साउनमा हङकङबाट ल्याइएको झन्डै सय किलो सुन बरामद गर्दा भुजेल रेडी ट्रेडका मालिक भएको खुल्यो र उनी पक्राउ परे । गाउँमै रहेका आमा कल्पना र पत्नी प्रमिला यो घटनाले स्तब्ध बनेका छन् ।

‘मजदुरी गर्न हिँडेको छोरो सुनकाण्डमा जेल पर्‍यो, भेट्न जान बाटोखर्च पनि छैन,’ आमा कल्पनाले रुँदै भनिन् । पक्राउ पर्नुअघिसम्म पनि छोरो साँखुस्थित एक चाउमिन बनाउने सानो उद्योगमा काम गर्ने गरेको उनले बताइन् । नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.