भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

राजधानी तानातान


  • आश्विन २०, २०७७
  • 811 Views
राजधानी तानातान image

तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनबाट सचिवमा निर्वाचित शंकर पोखरेल नेकपाभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि संभावना भएका एक पात्र थिए । केन्द्रीय राजनीतिमै प्रभाव जमाइसकेका शालिन छविका प्रखर वक्ता पोखरेललाई चुनावको मुखमा एकाएक मुख्यमन्त्रीको भूतले अल्झाइदियो। त्यसपछि उनी प्रदेशको राजनीतिमा ओर्लिए।

उनलाई अर्को एउटा रहरले पनि कुतकुतायो, आफ्नै घर आगन दाङलाई प्रदेश पाँचको राजधानी बनाउने। राष्ट्रिय राजनीतिमा अस्ताउने उनको यात्रा यही बाट सुरु भएको थियो। यही चक्करमा रमाउँदै गर्दा शंकर यता केन्द्रको राजनीतिमा हराएजस्तो भए। प्रदेश चुनाव सकिएर मुख्यमन्त्री हुनसाथ उनी साबिक बुटवलको राजधानी दाङ सार्ने प्रस्ताव पारित गर्न चाहन्थे र कोसिस पनि गरेका थिए। तर पार्टीभित्रैबाट ग्रिन सिग्‍नल पाएनन्, लुम्बिनीका नेताहरुले पनि प्रतिवाद गरे अनि उनी हच्चिकए।

उनी हच्किनुको अर्को कारण पनि थियो पाँच नम्बर प्रदेशलाई अखण्ड राख्‍न बुटवलमा उर्लिएको मानवसागरको प्रभाव। बुटवललाई राजधानी स्वीकार गरेर त्यहाँ बस्‍न शंकरले निकै सकस मानेका थिए। बुटवलमा मुख्यमन्त्रीको अड्डा भए पनि त्यहाँ उनी कहिल्यै रमाएनन्। बुटवलमा रहँदा उनी सधै तनावमा हुन्थे अलि खिन्न देखिन्थे।

जब उनी झन्डा हल्लाउँदै दाङ जान्थे उनी दंग हुन्थे। बुटवललाई उनले कहिल्यै आफ्नो ठान्‍न सकेनन्। यतिसम्म कि बुटवलमा यताउती गर्दासमेत उनी प्राय गाडीमा झन्डासमेत झिक्ने गर्थे। राष्ट्रिय नेताको छवि बनाइसकेका शंकरको यो संकीर्णता देखेर बुटवलबासी सधै अचम्म मान्थे। यसबारेमा बुटवलबासीबीच धेरै चर्चा र चिन्ता भइरहन्थ्यो। संघीयताबाटै संक्रमित भएको संकीर्णता थियो यो। प्रदेश र स्थानीय तहमा ुछोटे राजाु बनेर रँजाइ गरिरहेका धेरै शंकरहरूमा यो लक्षण विस्तारै देखिनेछ।अन्नपूर्ण पोष्टबाट…

 


Thali Mobile Pvt.Ltd.