भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘राजनीति र न्यायपालिकामा भाग खोज्नु शक्ति एकीकरण’


  • पुष २१, २०७८
  • 465 Views
‘राजनीति र न्यायपालिकामा भाग खोज्नु शक्ति एकीकरण’ image

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिले न्यायपालिकामा भाग खोज्ने र न्यायपालिकाले राजनीतिमा भाग खोज्ने कुरा शक्ति पृथकीकरण नभएर शक्ति एकीकरण मर्जर अफ् पावर हुने बताएका छन्। काठमाडौं विश्वविद्यालय स्कुल अफ लद्वारा आयोजित स्वर्गीय गणेशराज शर्मा स्मृति व्याख्यान शृंखलाअन्तर्गत ‘नेपालमा न्यायपालिकाका चुनौती र भविष्यका सम्भावनाहरू’ विषयमा सोमबार आयोजित वेबिनारमा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपालका राजनीतिज्ञहरूले कमजोर न्यायपालिका चाहेजस्तो देखिएको बताए।

श्रेष्ठले कानुनको शासन कमजोर भयो भने गरिबी, भ्रष्टाचार र कुशासन बढ्ने बताउँदै कानुनको शासन अनिवार्य शर्त भएको बताए।उनले न्यायपालिका शिथिल भएमा संवैधानिक पद्धतिले काम नगर्ने र संविधान नै विघटनको संघारमा पुग्ने चेतावनी दिए। ‘न्यायपालिका शिथिल हुँदा कानुनको संस्कृतिलाई सडकको संस्कृतिले विस्थापन गर्ने स्थिति आउँछ,’ श्रेष्ठले भने। न्याय परिषदको संरचनालाई बदल्नुपर्ने आवश्यकता रहेको बताउँंदै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले न्याय परिषद्मा न्यायका उपभोक्ताहरूको पनि प्रतिनिधित्व हुनुपर्ने सुझाव दिए।

‘कानुन र विकास एक अर्काका परिपूरक हुन्। डेभलपमेन्ट जस्टिस’ भएन भने जनताको विकासको आकांक्षा पूरा हुँदैन,’ उनले भने, ‘कानून समय सान्दर्भिक र समाज सापेक्ष हुने बताउँदै विकास आयोजना कार्यान्वयन गर्न कानुनलाई वाधकको रूपमा हेर्न हुँदैन।’ काठमाडौँ विश्वविद्यालय ‘स्कुल अफ ल’ का डिन डा। ऋषिकेश वाग्लेले कार्यक्रमका प्रमुख वक्ता पूर्वप्रधानन्यायाधीश श्रेष्ठको चिनारी गराउनुका साथै नेपालको न्याय प्रणालीका वर्तमान चुनौतीहरूबारे पनि चर्चा गरेका थिए।

नेपालको कुल जनसंख्याको १० देखि १५ प्रतिशतले मात्रै अदालतका सेवाहरूमा पहुँच रहेको अनुमान गरिएको श्रेष्ठले बताए। उनले आफू प्रधानन्यायाधीश हुँदा न्यायप्रणालीमा पहुँच बढाउन एक आयोग गठन गरेको स्मरण गरे। राज्यले प्रदान गर्ने कानुनी सहायता आवश्यक पर्ने सबै नागरिकले पाउनुपर्ने र त्यो भरपर्दो, आकर्षक र लाभदायक हुनुपर्ने बताए।

संविधानविद् वरिष्ठ अधिवक्ता स्वर्गीय गणेशराज शर्माको स्मृतिमा आयोजित उक्त व्याख्यान शृंखलाको संयोजन काठमाडौं विश्वविद्यालय स्कुल अफ लका पूर्वडिन संविधानविद् विपीन अधिकारीले गरेका थिए। नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.