भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै


  • फाल्गुन १७, २०७७
  • 764 Views
राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै image

काठमाडौं । संसद् विघटन तथा पुनस्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभागले पछिल्लो समय राजस्व छलीको घटना फेला पारी धमाधम बाहिर ल्याउन सफल भएको छ । राजस्व अनुसन्धान विभागले आइतबार चारवटा फर्मविरुद्ध करिब ४० करोड रूपैयाँभन्दा बढी राजस्व छली गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले राजस्व चुहावट गरेको अभियोगमा विराटनगर–९ स्थित बाबा फ्लोर मिल्सका मुख्य कारोबारी सुरेशकुमार राठीसहित तीन जना र वीरगन्ज उपमहानगरपालिका–१० स्थित रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फिन टे«डर्स प्रालिका सञ्चालक रजनीशकुमार गुप्तासहित चारवटा फर्मका सञ्चालकलाई करिब ४० करोड रूपैयाँभन्दा बढी असुलउपर र बिगो दाबी तथा कैद जरिमानाको मागसहित मुद्दा दायर गरेकोे हो ।

विभागले विराटनगर–९ स्थित बाबा फ्लोर मिल्सका मुख्य कारोबारी राठीसहित तीन जनाविरुद्ध मुद्दा १५ करोड ३६ लाख ६३ हजार ६ सय ७२ रूपैयाँको मुद्दा दायर गरेको छ । विभागले सोही फर्मका म्यानेजर गिरीधारीलाल अग्रवालले वास्तविक बिक्री– आम्दानीभन्दा घटी बिक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकरसमेत छली गरेको अभियोगमा मुद्दा दायर गरेको हो । यसैगरी, उनीहरूले भीसीटीएससमेतको पालना नगरेको आरोप विभागले लगाएको छ ।

झुटा तथा नक्कली भ्याटबिल प्रयोग गरी करोडौं रूपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फर्म, कम्पनी तथा व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर गर्नेक्रम बढे पनि राजस्व छली गर्नेहरू निरुत्साहित हुन सकेका छैनन् । त्यसैगरी, विभागले वीरगन्ज उपमहानगरपालिका–१० स्थित रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फिन टे«डर्स प्रालिका सञ्चालक कुमार गुप्तासँग २५ करोड ८० लाख ६५ हजार ४ सय २३ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको छ । रजनीश ट्रेडिङ कन्र्सन तथा डल्फिन ट्रेडर्स प्रालिका सञ्चालक गुप्ताले भन्सार चोरी पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावट गरेको पाइएको विभागले जनाएको छ ।

विभागले ती व्यक्ति तथा फर्महरूमाथि राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा २ बमोजिम राजस्व चुहावट गरेको कसुरमा कारबाही हुने बताएको छ । विभिन्न तरिका अपनाएर राजस्व छल्नेविरुद्ध आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभाले झुटा तथा नक्कली भ्याटबिल प्रयोग गरी करोडौं रूपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फर्म, कम्पनी तथा व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर गरे पनि अझै राजस्व छलीका घटना बाहिर आउनेक्रम नघटेको विभागले स्विकारेको छ ।

यसअघि विभागले गत माघको अन्तिम साता मात्र विभिन्न ३८ जनाविरुद्ध झन्डै २ अर्ब रुपैयाँ राजस्व छलीको मुद्दा दायर गरेको थियो । त्यसको केही साता नबित्दै पुनः विभागले करिब ४० करोड रूपैयाँभन्दा बढीको मुद्दा दायर गरेको हो । अनुगमन एवं विशेष सुराकीको आधारमा एकैपटक यतिधेरै राजस्व छलीमा संलग्नहरूको अवैध धन्दा फेला पारी बाहिर ल्याएको विभागले जनाएको छ ।

राजस्व छलीमा समलग्न व्यवसायीले विभिन्न तरिका अपनाएर राजस्व छल्ने गरेको भेट्टिएको विभागले जनाएको छ । केहीले वस्तु तथा सेवा उत्पादन र स्थानीय खरिद तथा आयात नगरी बिक्री मात्रै गरेको, भ्याट विवरण तथा आय विवरणसमेत दाखिला नगरेको, मालवस्तुको खरिद गरेको भनिएका फर्मलाई बैंकमार्फत भुक्तानी नगरी बीजकको मात्र हस्तान्तरण गरी राजस्व चुहावट गरेको पाइएको अनुसन्धानको क्रममा पुष्टि भएको विभागको दाबी छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.