भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

रारामा बढे पर्यटक


  • जेष्ठ १३, २०८०
  • 294 Views
रारामा बढे पर्यटक image

मुगु । पर्यटकीयस्थल रारा तालमा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटक बढेका छन् । वैशाख र जेठ महिनामा पर्यटक संख्या बढ्दै गएको छ । पछिल्लो दुई वर्षयता रारा ताल घुम्न आउने पर्यटक गएको दुई वर्षयता रारामा घुम्न आउने बढेको रारा राष्ट्रिय निकुञ्ज कार्यलयका निमित्त संरक्षण अधिकृत शान्तबहादुर मगरले बताए । नेपालकै ठूलो ताल रारा पर्यटकीय सुन्दरताको धनी भए पनि बास अभावले पर्यटक छोटो बसाइमा फर्किन विवश छन् ।

होटल डाँफे र होटल हेरिटेजमा एक रात बिताएपछि प्रायः पर्यटक फर्किन्छन् । कारण अन्य होटल छैन । माझघण्टका साना होटल, एक, दुई होमेस्टे र केही पर रहेको सल्लेरीले रारा जाने पर्यटकलाई धान्न सक्दैन । अहिले रारा आउन सडकको व्यवस्था भएकाले पर्यटक बढेको मगरको भनाइ छ । चैत, वैशाख र जेठलाई रारामा घुम्न आउने उत्तम समय मानिन्छ । गएको वैशाख महिनामा मात्रै रारामा आन्तरिक पर्यटक २ हजार १ सय १४ जना आएका छन् भने बाह्य पर्यटक १ सय ४८ जना आएका छन् ।

सार्क मुलकबाहेक स्वीटजरल्यान्ड, नर्वे, फ्रान्स, अमेरिका, यूके, अस्ट्रेलियालगायतका मुलुकका पर्यटक आउने गरेको संरक्षण अधिकृत मगरले राजधानीलाई बताए ।

कुन सिजनमा के अवलोकन गर्न सकिन्छ ?
रारा ताल क्षेत्रमा पुसदेखि फागुनसम्म हिउँ पर्ने भएकाले त्यो समयमा पुग्न सक्नेले हिउँको दृश्यसँगै राराको अवलोकन गर्न सक्छन् । चैतदेखि असारसम्म रारा किनारमा विभिन्न फूल र घाँसको हरियालीले रारालाई रोमाञ्चक बनाउँछ । असारदेखि असोजसम्म रारामा तालसँगै तालको वरिपरि रहेका फूल सुन्दरी चुत्तो, गएलो, खामा आरु फुल्छन् । तालको किनारामा उम्रिने खगालोजस्ता फल खान र अवलोकन गर्न सकिने धारणा राख्छन् पर्यटन व्यवासायी देवीकृष्ण रोकाया ।

रारा राष्ट्रिय निकुञ्जभित्र पाइने जैविक विविधताको पनि अवलोकन गर्न सकिन्छ, रारा क्षेत्रमा कस्तुरी, मृग, हाब्रे, हिम चितुवा, कालो भालुलगायतका ५१ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छ ।

रारा तालमा पाहा भ्यागुतो, माछा र असला माछा ३ प्रजातिका हिमाली असलामा माछा अवलोकन गर्न सकिन्छ । देवदार, भोजपत्र, लालीगुराँस, गोब्रेसल्लालगायत १ हजार २४ प्रकारका वनस्पति रहेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.