भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना


  • फाल्गुन ७, २०७९
  • 368 Views
राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना image

काठमाडौं । महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेकी छन् । पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टबाट राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेकी छन् ।

यसअघि राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर प्रांगणमा आउँदा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, कोषका सदस्यसचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, परिषद्का सदस्य, कार्यकारी निर्देशकलगायतका कर्मचारीले स्वागत गरेका थिए ।

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ । पशुपतिनाथ मन्दिरमा अहिले पनि दर्शनका लािग लाखौंको संख्यामा भक्तजन लामबद्ध छन् ।

महाशिवरात्रिका अवसरमा आइतबार बिहान ७ बजेसम्म पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला रहने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनका अनुसार आज बिहान ३ बजेदेखि चारवटै ढोका खुला गरिएको थियो ।

महाशिवरात्रिका अवसरमा गोबद्र्धन मठका शंकर आचार्य निश्चलानन्द सरस्वतीसहित ५ हजार साधुसन्त पशुपति क्षेत्रमा आएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा ५ हजार सुरक्षाकर्मी र ५ हजार स्वयंसेवक खटाइएको छ । राजधानी दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.