भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

राष्ट्रपति चयनबारे एमाले र माओवादीबीच अविश्वास बढ्दै


  • माघ १८, २०७९
  • 279 Views
राष्ट्रपति चयनबारे एमाले र माओवादीबीच अविश्वास बढ्दै image

काठमाडौं । सत्तागठबन्धनका ठूला दल एमाले र माओवादीबीच सत्ता बाँडफाँट र पूर्वसहमतिसम्बन्धी अविश्वासले दूरी बढ्ने संकेत देखिएको छ । सरकारलाई विश्वासको मत दिएकाले प्रमुख प्रतिपक्षी कांग्रेससहितको राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड छन् ।

तर, एमाले अध्यक्ष केपी ओलीले पूर्वसहमतिअनुसार राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने अडान राख्दै आएका छन् । दुवै दलका दाबीले आपसी अविश्वास बढाउँदै लगेको छ । २५ फागुनमा राष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै एमालेले प्रधानमन्त्रीले पूर्वसहमतिबाहिरको कुरा गरेर गठबन्धनभित्र अविश्वास पैदा गर्ने र स्थायित्वमाथि प्रश्न खडा गर्न खोजेको अर्थ्याउँदै आएको छ ।

यद्यपि, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपतिको उम्मेदवारबारे प्रारम्भिक छलफल सुरु भएकाले गठबन्धनभित्र दरार पैदा हुने गरी समस्या नआउने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हरिबोल गजुरेलले बताए ।

‘प्रधानमन्त्री र एमाले अध्यक्षबीचमा राष्ट्रपतिका विषयमा छलफल चलिरहेको छ, तर उहाँहरू निष्कर्षमा पुग्नुभएको छैन,’ गजुरेलले भने, ‘दुवैजना सहमतिबाटै राष्ट्रपति छान्नुपर्छ, अहिलेको गठबन्धन टुट्नुहुँदैन भन्नेमा सहमत नै हुनुहुन्छ, तर कसलाई बनाउने भनेर पात्रका विषयमा केन्द्रित भएर छलफल अघि बढिसकेको छैन ।’ नयाँ पत्रिका दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.