भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

राष्ट्रपति भण्डारीको भूमिकाप्रति पूर्वराष्ट्रपति यादवको असन्तुष्टि


  • पुष २५, २०७८
  • 518 Views
राष्ट्रपति भण्डारीको भूमिकाप्रति पूर्वराष्ट्रपति यादवको असन्तुष्टि image

काठमाडाैं ।  पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्या भण्डारीको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । विगतमा संविधान समाप्त पार्ने प्रयासमा भूमिका खेलेको र अहिले बन्धक संसद् खुलाउन कर्तव्य निर्वाह नगरेको भन्दै पूर्वराष्ट्रपति डा। यादवले राष्ट्रपति भण्डारीको भूमिकामाथि प्रश्न उठाएका हुन् ।

राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी ओली मिलेर संविधान र संसद् समाप्त पार्ने प्रयास गरेको पूर्वराष्ट्रपति यादवको आरोप छ । ‘संविधानमाथि चार वर्षमा बारम्बार आक्रमण भएको छ । त्यसमा पनि एक वर्षदेखि त दुई–दुईचोटि संविधानमाथि आक्रमण भएको छ, सदनमाथि आक्रमण भएको छ । प्रधानमन्त्री र राष्ट्रपतिलगायत मिलेर नै यसलाई खत्तम गर्न खोजियो,’ नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीद्वारा लिखित ‘मार्क्सवाद र विश्व कम्युनिस्ट आन्दोलन’ पुस्तकको शनिबार विमोचन गर्दै यादवले भने ।

लोकतन्त्रको खम्बा मानिने संस्थाहरूलाई पौष्टिक आहार दिने र मजबुद गर्नुपर्नेमा कार्यकारी प्रमुख ९ओली०ले नै बारम्बार प्रहार गरेको यादवको भनाइ थियो । पाँच पार्टी, नेपाली समाज, बुद्धिजीवी र अदालतले कुनै न कुनै प्रकारले संविधान र संसद् बचाएको उनले बताए । संसद् बन्धक बन्दा लोकतन्त्रमाथि नै संकट देखिएकोमा चिन्ता जनाउँदै पूर्वराष्ट्रपति यादवले सदन खुलाउने काममा राष्ट्रपति, प्रधानमन्त्री, सत्तारुढ पार्टीदेखि सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

लामो समयदेखि विपक्ष एमालेले सदन अवरोध गर्दा संसद्बाट कानुन निर्माणका काम सबै रोकिएका छन् । ‘अहिलेको व्यवस्था बचाएर लैजाने कि नलैजाने, यसका लागि राष्ट्रपतिको के कर्तव्य छm सरकारको के कर्तव्य छ, सरकार प्रमुखको दायित्व के छ रु’ पूर्वराष्ट्रपति यादवले भने, ‘सम्पूर्ण राष्ट्रको समस्या समाधान गर्ने संसद् बन्धक बनाइएको छ । त्यसलाई खुलाउन राष्ट्रपतिको कर्तव्य के छ, राजनीतिक दल, नागरिक समाज र जनताको कर्तव्य के छ, कर्तव्य निर्वाह गर्ने कि नगर्ने रु मेरो चिन्ता त्यहाँ छ ।’

जीवनको उत्तरार्द्धमा पुस्तक प्रकाशन गरेकोमा खुसी लागेको भन्दै पूर्वराष्ट्रपति यादवले जोशीलाई बधाई पनि दिए । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जोशीले महŒवपूर्ण पुस्तक प्रकाशन गरेको भन्दै बधाई दिए । त्यस्तै, उनले लोकतान्त्रिक गणतन्त्रसहितको ठूलो राजनीतिक उपलब्धि हासिल भए पनि सामाजिक, सांस्कृतिक, आर्थिक रूपान्तरणको काम अगाडि बढ्न नसक्नुको कारणबारे आत्मसमीक्षा गरेर अगाडि बढ्न विलम्ब हुन लागेको बताए । नयाँ पत्रिका दैनिकबाट……

 

 


Thali Mobile Pvt.Ltd.