DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

राष्ट्रिय सभा निर्वाचन आजः गठबन्धन प्यानल बनाएर, एमाले एक्लै भिड्दै


  • माघ १२, २०७८
  • 485 Views
राष्ट्रिय सभा निर्वाचन आजः गठबन्धन प्यानल बनाएर, एमाले एक्लै भिड्दै image

काठमाडौं । २० फागुनबाट राष्ट्रिय सभातर्फ रिक्त हुने १९ पदमा पदपूर्तिका लागि सातै प्रदेशमा आज बुधबार मतदान हुँदै छ । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बाग्मतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी रिक्त हुने जम्मा १९ पदका लागि मतदान हुन लागेको हो । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि सबै तयारी पूरा भएको भन्दै बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म मतदान गर्नेगरी तयारी गरिएको जनाएको छ ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले सबै तयारी पूरा गरेको र सात प्रदेशमा आठ मतदान र १४ केन्द्रमार्फत मतदानको व्यवस्था मिलाइएको जानकारी दिए । ‘राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले सबै तयारी पूरा गरेको छ, सात प्रदेशमा गरी आठ मतदान स्थलमा १४ मतदान केन्द्रमार्फत मतदानको व्यवस्था मिलाइएको छ, कोरोना महामारीलाई लक्षित गरेर स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गर्दै निर्वाचन सम्पन्न हुनेछ,’ आयोगका प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।

२० फागुनबाट नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन गर्न लागिएको हो । राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी नौ दलका ४३ जना उम्मेदवार मैदानमा उत्रिएका छन् ।

निर्वाचनमा प्रदेश सभा सदस्यहरू र स्थानीय तहका प्रमुख(उपप्रमुख मात्र मतदाताका रूपमा रहन्छन् । स्थानीय तहका १४ सय ९३ जना र प्रदेश सभाका ५ सय ३२ जना गरेर जम्मा २ हजार २५ जना मतदाता कायम भएका छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

पाँच दलको गठबन्धन, एमाले एक्लै
राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन नै बनाएर उत्रिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन कायम राख्दै एमालेको तर्फबाट रिक्त हुने सिटमा समेत भागबन्डा गरेका हुन् । यस्तै, प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले भने सातै प्रदेशमा आफ्ना उम्मेदवार एक्लै अघि सारेको छ ।

राष्ट्रिय सभामा रिक्त हुने १९ पदमध्ये आठ पद एमालेका तर्फबाट रिक्त हुँदै छ । यस्तै, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि पनि सोही मितिमा सकिँदै छ । निर्वाचन आयोगले सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य विभिन्न समूह गरी १९ सिटका लागि निर्वाचन गराउन लागेको हो ।

आयोगका अनुसार निर्वाचनमा जसमध्ये नेकपा ९एमाले० बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा  माओवादी केन्द्रबाट पाँच जना, नेकपा ९एकीकृत समाजवादी०बाट पाँच जना, जनता समाजवादी पार्टी, नेपालबाट दुई जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना, नेपाल मजदुर किसान पार्टीबाट दुई जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट एक जना र राष्ट्रिय जनमोर्चाबाट एक जनाको उम्मेदवार बनेका छन् ।

यस्तो छ भागबन्डा
गठबन्धनमा रहेका दलबीच भएको सहमतिअनुसार एमालेले जितेका आठ सिटमा कांग्रेसले तीन, जसपाले दुई, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले एक÷एक सिट पाउने गरी भागबन्डा गरिसकेका छन् । १९ पद रिक्त हुँदा भएको भागबन्डामा कांग्रेसको भागमा ६ सिट, माओवादी केन्द्र र नेकपा एसले पाँच÷पाँच सिट तथा जसपालाई दुई र जनमोर्चालाई एक सिट परेको हो ।

गठबन्धनमा रहेका दलहरूबीच भएको सहमति कार्यान्वयन भए कांग्रेसले पुरानो सिटलाई आफ्नो पक्षमा कायम राख्दै थप तीन सिट नाफामा हुनेछ । यस्तै, माओवादी केन्द्र र नेकपा एस एक÷एक सिट नाफामा हुनेछन् भने जसपा र राष्ट्रिय जनमोर्चा सबैभन्दा बढी नाफामा पर्नेछन् । कुल ५९ सदस्यीय हुने राष्ट्रिय सभामा हाल अध्यक्षसहित एमालेका २४, उपाध्यक्षसहित माओवादीका १४, कांग्रेसका सात, एकीकृत समाजवादीका सात, जसपाका दुई, लोकतान्त्रिक समाजवादीबाट एक, स्वतन्त्र एक र मनोनीत तीन जना सदस्य छन् ।

मतदान कहाँ–कहाँ ?
सातवटै प्रदेशका आठ मतदान स्थलमा १४ वटा केन्द्र तोकिएको छ । प्रदेश १ मा दुई र अन्य प्रदेशहरूका एक÷एकवटा मतदान स्थल छन् । प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा मतदान स्थल तोकिएको छ । यसैगरी, प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको आयोगले जनाएको छ ।

यस्तै, मधेस प्रदेशका लागि महेन्द्रनारायण निधि भवन जनकपुरमा मतदानको व्यवस्था मिलाइएको छ भने बाग्मती प्रदेशमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह हेटौंडामा मतदान हुनेछ । यसैगरी, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा मतदान हुनेछ भने लुम्बिनी प्रदेशका मतदाताले दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान गर्न पाउनेछन् ।

यसैगरी, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा मतदानको व्यवस्था मिलाइएको तथा सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानको व्यवस्था मिलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

दुई प्रकारका मतपत्र
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा दुई प्रकारको मतपत्रको व्यवस्था गरिएको जनाएको छ । आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुनेछ । रातो रंगको मतपत्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मत संकेत गर्नुपर्नेछ भने प्रदेश सभा सदस्यले हरियो रंगको मतपत्रमा मत संकेत गर्नुपर्नेछ । निर्वाचनका लागि मतदाताले आफ्नो परिचय खुल्ने सरकारी कागजात मतदान स्थलमा साथमा लैजानुपर्नेछ ।

कुन प्रदेशमा कति छ मतभार ?
निर्वाचन आयोगका अनुसार प्रदेश १ मा ९२ जना प्रदेश सभा सदस्य तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख गरेर २ सय ७२ जना मतदाता छन् । सो प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४ हजार ४ सय १६ तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुखको मतभार ४ हजार ८ सय ९६ छ । यी दुवैतर्फ गरेर प्रदेश १ मा कुल मतभार ९ हजार ३ सय १२ हुन्छ ।

यसैगरी, मधेस प्रदेशमा ९ हजार ८ सय १६ मतभार छ । सो प्रदेशमा प्रदेश सभा सदस्य १ सय ४ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जना छन् । प्रदेश सभाका सदस्यको कुल मतभार ४ हजार ९ सय ९२ हुन्छ भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जनाको मतभार ४ हजार ८ सय २४ हुन्छ ।

यस्तै, बाग्मतीमा प्रदेशमा प्रदेश सभा सदस्य १ सय ९ जना छन्, । उनीहरूको मतभार ५ हजार २ सय ३२ हुन्छ । यसैगरी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ३७ जना छन् । उनीहरूको मतभार ४ हजार २ सय ६६ हुन्छ । दुवैतर्फका गरी बाग्मती प्रदेशमा कुल मतभार ९ हजार ४ सय ९८ रहेको छ ।

यसैगरी, गण्डकीमा प्रदेशमा ५ हजार ८ सय ९२ कुल मतभार छ । जसमा प्रदेश सभा सदस्य ५९ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ७० जना छन् । यस्तै, लुम्बिनी प्रदेशमा ७ हजार ७ सय ५८ मतभार छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ८१ जना तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय १५ जना रहेको निर्वाचन आयोगले जनाएको हो ।

कर्णाली प्रदेशमा ४ हजार ४ सय ८८ कुल मतभार छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ३५ जनाको मतभार १ हजार ६ सय ८० तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ५६ जनाको मतभार २ हजार ८ सय ८ छ । यसैगरी, सुदूरपश्चिम प्रदेशमा कुल मतभार ५ हजार ६ सय ४६ छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ५२ जनाको मतभार २ हजार ४ सय ९६ तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ७५ जनाको मतभार ३ हजार १ सय ५० छ ।

यी सदस्य जो बिदा हुँदै छन्
प्रदेश १स् अगमप्रसाद बान्तवा राई, नैनकला ओझा, परशुराम मेघी गुरुङ (एमाले)
प्रदेश २स् सुमनराज प्याकुरेल (एमाले), शशिकला दाहाल (माओवादी केन्द्र)
बाग्मतीः राधेश्याम अधिकारी (कांग्रेस), उदया शर्मा पौडेल (एकीकृत समाजवादी)
गण्डकीः दीनानाथ शर्मा र खिमकुमार विक (माओवादी), शान्ति जिसी (एकीकृत समाजवादी)
लुम्बिनीः कोमल वली र रामलखन चमार (एमाले), दृगनारायण पाण्डे (कांग्रेस)
कर्णालीः कविता बोगटी (एमाले), जीवन बुढा (माओवादी), ठगेन्द्रप्रकाश पुरी (एकीकृत समाजवादी)
सुदूरपश्चिमः चक्रप्रसाद स्नेही (एमाले), तारादेवी भट्ट (कांग्रेस), शेरबहादुर कुँवर (एकीकृत समाजवादी)
मनोनीतः रामनारायण बिडारी

कुन प्रदेशमा कति उम्मेदवार रु
राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा महिलातर्फको रिक्त हुने एक सिटका लागि तीन जना उम्मेदवार छन् । यस्तै, सो प्रदेशमा अपांगता भएका वा अल्पसंख्यकतर्फ दुई जनाको उम्मेदवारी परेको छ भने अन्य समूहतर्फ तीन जनाको उम्मेदवारी परेको छ । प्रदेश १ मा रिक्त हुने तीन पदमा सबै गरी आठ जना उम्मेदवार छन् । जसमा तीनै समूहबाट गरी एक÷एक जना अर्थात् कुल तीन जना निर्वाचित हुनेछन् ।

यसैगरी, मधेस प्रदेशमा महिला समूहतर्फ तीन जना तथा अन्यतर्फ दुई जना गरी पाँच जना उम्मेदवार बनेका छन् । मधेस प्रदेशमा दुवै समूहबाट गरी दुई जना निर्वाचित हुनेछन् । यसैगरी, बाग्मती प्रदेशमा महिलातर्फ तीन र अन्यतर्फ समेत तीन गरी ६ जनाको उम्मेदवारी छ । बाग्मतीमा दुई पद रिक्त हुँदै छ ।

यसैगरी, गण्डकी प्रदेशमा महिला समूहतर्फ दुई जना, दलिततर्फ दुई जना र अन्य समूहतर्फ दुई जना गरी ६ जनाको उम्मेदवारी दर्ता छ । यी सबै समूहबाट एक÷एक जना गरी तीन जना यो समूहबाट निर्वाचित हुनेछन् । लुम्बिनीमा पनि महिलातर्फ दुई, दलिततर्फ दुई र अन्यतर्फ दुई जना गरी जम्मा ६ जनाको उम्मेदवारी परेको छ । सो प्रदेशमा यी तीनै समूहबाट एक(एक जना गरी तीन जना निर्वाचित हुनेछन् ।

यसैगरी, कर्णाली प्रदेशमा महिलातर्फ दुई जना, अपांगता भएका वा अल्पसंख्यकतर्फ दुई जना र महिलातर्फसमेत दुई जनाकै उम्मेदवारी परेको छ । यी तीनै समूहबाट एक÷एक जना गरी तीन जना निर्वाचित हुनेछन् । यस्तै, सुदूरपश्चिम प्रदेशमा महिलातर्फ दुई, दलिततर्फ दुई र अन्य समूहतर्फ दुई जना गरी ६ जनाको उम्मेदवारी परेको छ । सो प्रदेशमा तीनै समूहबाट एक÷एक जना गरी तीन जना निर्वाचित हुनेछन् ।

यी हुन् उम्मेदवार
नेपाली कांग्रेस
प्रदेश १स् गोपालकुमार बस्नेत
बाग्मती प्रदेशः कृष्णप्रसाद पौडेल
गण्डकी प्रदेशः कमला पन्त
लुम्बिनी प्रदेशः युवराज शर्मा
कर्णाली प्रदेशः दुर्गाकुमारी गुरुङ
सुदूरपश्चिम प्रदेशः नारायण मिश्र

माओवादी केन्द्र
प्रदेश २स् उर्मिला अर्याल
गण्डकी प्रदेशः सुरेश आलेमगर र भुवनबहादुर सुनार
कर्णाली प्रदेशः नरबहादुर विष्ट
सुदूरपश्चिम प्रदेशः जगत्बहादुर पार्की

नेकपा एकीकृत समाजवादी
प्रदेश १स् जयन्ती राई
बाग्मती प्रदेशः गोमादेवी तिमिल्सिना
लुम्बिनी प्रदेशः राजेन्द्रलक्ष्मी गैरे
कर्णाली प्रदेशः उदय बोहरा
सुदूरपश्चिम प्रदेशः मदनकुमारी साह ९गरिमा०

जनता समाजवादी पार्टी ९जसपा०
प्रदेश १ः हेमराज राई
प्रदेश ः महमद खालिद

राष्ट्रिय जनमोर्चा
लुम्बिनी प्रदेशः तुलप्रसाद विश्वकर्मा

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०
प्रदेश २स् रूपाकुमारी यादव

एमालेबाट १९ सिटमै उम्मेदवार
प्रदेश १स् अन्यतर्फ गुरुप्रसाद बराल, महिलाबाट सुमित्रा सुवेदी भण्डारी र अल्पसंख्यकबाट सोनाम गेल्जेन शेर्पा
प्रदेश २स् अन्यतर्फ उसमान अन्सारी, महिलाबतर्फ बिना देवी
बाग्मती प्रदेशः अन्यतर्फ गोपाल शाक्य, महिलातर्फ निरकुमारी कुँवर
गण्डकी प्रदेशः अन्यतर्फ पुण्यप्रसाद पौडेल, महिलातर्फ लीला पोखरेल थनेत, दलिततर्फ अर्जुनकुमार सुनाम
लुम्बिनी प्रदेशः अन्यतर्फ रामदयाल गुप्ता, महिलातर्फ भारती खनाल, दलितमा कृष्णबहादुर सुनार
कर्णाली प्रदेशः अन्यतर्फ चूडामणि शर्मा, महिलातर्फ गंगा थापा महत, अल्पसंख्यकबाट पदमबहादुर माझी
सुदूरपश्चिम प्रदेशः अन्यतर्फ डिल्लीराम भट्ट, महिलातर्फ सन्तोषकुमारी शर्मा, दलिततर्फ नरेशकुमार विश्वकर्मा

राप्रपा
प्रदेश १स् रञ्जु प्याकुरेल र अमरबहादुर विष्ट

नेमकिपा
बाग्मती प्रदेशः गीता काफ्ले र कृष्णबहादुर तामाङ

राजधानी दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.