भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

राष्ट्रिय सभा सदस्य निर्वाचन : १९ पद, ९ दल, ४३ उम्मेदवार


  • पुष २१, २०७८
  • 454 Views
राष्ट्रिय सभा सदस्य निर्वाचन : १९ पद, ९ दल, ४३ उम्मेदवार image

काठमाडौं । २१ पुसमा उम्मेदवारीमाथि दाबी विरोधको उजुरी दर्ता, २२ र २३ पुसमा उजुरीमाथि जाँचबुझ र निर्णय, २४ पुसमा उम्मेदवारले नाम फिर्ता र २५ पुस उम्मेदवारको अन्तिम नामावली प्रकाशन

कुन पार्टीका कति सांसदको पदावधि सकिँदै छ ?
आगामी २० फागुनमा एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादीका चार र कांग्रेसका तीन सदस्यको पदावधि सकिँदै छ । सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

मतदान केन्द्र
आयोगले मतदान केन्द्र पनि सार्वजनिक गरिसकेको छ । प्रदेश १ मा दुईवटा मतदानस्थलरकेन्द्र र अन्य ६ वटा प्रदेशमा एक–एकवटा मतदानस्थलभित्र दुई–दुईवटा मतदान केन्द्र रहने गरी आठवटा मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएका छन् । ६ पुसमा आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतसमेत नियुक्त गरेको थियो । निर्वाचन आयोगले यसअघि गत १ पुसमै मतदाता संख्या सार्वजनिक गरेको थियो ।

राष्ट्रिय सभा सदस्यका १९ रिक्त पदका लागि नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ । आगामी १२ माघमा हुने निर्वाचनका लागि सातै प्रदेशबाट गरी ४३ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले यही २५ पुसमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।

निर्वाचनका लागि मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रमअनुसार सबै निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ ।

प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट तीन–तीन सिट र प्रदेश २, बागमतीबाट दुई–दुई सिटका लागि निर्वाचन हुँदै छ । राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबाट बाहिरिँदै छन् । २० मध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

राष्ट्रिय सभाका लागि दर्ता भएका १२ मध्ये नौ दलले उम्मेदवारी दर्ता गराएका छन् । सत्तागठबन्धनमा रहेका पाँच ९कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चा० दल, विपक्ष एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, मजदुर किसान पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेसहितका अन्य दलले आ–आफ्ना उम्मेदवारी दर्ता गराएका छन् । सबै दलको उम्मेदवारी अन्तिमसम्म कायम रहे कतै द्विपक्षीय र कतै त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ । गठबन्धन र एमालेले सातै प्रदेशमा उम्मेदवारी दिए पनि अन्य दलले आंशिक उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनमा रहेका दलले एमालेका आठ सिटमा भागबन्डा गरेर उम्मेदवारी दिएका छन् ।

क–कसको उम्मेदवारी ?

प्रदेश–१

महिला– रञ्जु प्याकुरेल (राप्रपा), जयन्तीदेवी राई (एकीकृत समाजवादी), सुमित्रा सुवेदी भण्डारी ९एमाले०
अपांगता भएका व्यक्ति वा अल्पसंख्यक– सोनाम गेल्जेन शेर्पा (एमाले), हेमराज राई (जसपा)
अन्य– गोपालकुमार बस्नेत ९कांग्रेस०, गुरुप्रसाद बराल (एमाले), अमरबहादुर विष्ट (राप्रपा)
प्रदेश–२

महिला– उर्मिला अर्याल (माओवादी केन्द्र), रूपाकुमारी यादव (लोसपा), विना देवी ९एमाले०
अन्य– महमद खालिद (जसपा), उसमान अन्सारी (एमाले)
बागमती

महिला– गीता काफ्ले ९नेमकिपा०, गोमादेवी तिमिल्सिना (एकीकृत समाजवादी), नीरकुमारी कुँवर (एमाले)
अन्य– कृष्णबहादुर तामाङ (नेमकिपा), कृष्णप्रसाद पौडेल (कांग्रेस), गोपाल शाक्य (एमाले)
गण्डकी

महिला– कमला पन्त (कांग्रेस), लीला पोखरेल (एमाले)
दलित– भुवनबहादुर सुनार (माओवादी केन्द्र), अर्जुनकुमार सुनाम (एमाले)
अन्य– सुरेश आलेमगर (माओवादी केन्द्र), पुण्यप्रसाद पौड्याल (एमाले)
लुम्बिनी

महिला– भारती उपाध्याय खनाल (एमाले), राजेन्द्रलक्ष्मी गैरे (एकीकृत समाजवादी)
दलित– कृष्ण सुनार (एमाले), तुलप्रसाद विश्वकर्मा (राष्ट्रिय जनमोर्चा)
अन्य– रामदयाल गुप्ता (एमाले), युवराज शर्मा (कांग्रेस)
कर्णाली

महिला– दुर्गा गुरुङ (कांग्रेस), गंगा थापा (एमाले)
अपांगता भएका व्यक्ति वा अल्पसंख्यक– नरबहादुर विष्ट (माओवादी केन्द्र), पदमबहादुर माझी (एमाले)
अन्य– चूडामणि शर्मा (एमाले), उदयबहादुर बोहरा (एकीकृत समाजवादी)
सुदूरपश्चिम

महिला– सन्तोषकुमारी शर्मा थापा (एमाले), मदनकुमारी शाह ‘गरिमा’ (एकीकृत समाजवादी)
दलित– नरेशकुमार विश्वकर्मा (एमाले), जगतबहादुर पार्की (माओवादी केन्द्रं)
अन्य– डिल्लाराज भट्ट (एमाले), नारायणदत्त मिश्र (कांग्रेस)
३ राष्ट्रिय सभा सदस्य निर्वाचन

 


Thali Mobile Pvt.Ltd.