DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

राष्ट्र सङ्घ विरोधी प्रदर्शनमा कङ्गोमा ५० जनाको मृत्यु


  • भाद्र १५, २०८०
  • 184 Views
राष्ट्र सङ्घ विरोधी प्रदर्शनमा कङ्गोमा ५० जनाको मृत्यु image

काठमाडौँ । कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र ९डिआरसी० मा बुधवार संयुक्त राष्ट्र सङ्घ विरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ५० जनाको मृत्यु भएको बताइएको छ ।

कङ्गोका सैनिकले गोमा सहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिक विरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए । सुरुमा करिब १० जनाको मृत्यु भएको बताइएको थियो ।

सुरक्षा अधिकारीहरूले पुष्टि गरेको सेनाको आन्तरिक दस्ताबेजमा मारिने प्रहरीसहित ५० जनाको मृत्यु भएको र ७५ जना घाइते भएको उल्लेख छ । उक्त आक्रमणका क्रममा धेरै धारिला हतियारहरू जफत गरेको र सम्प्रदायका नेता सहित १६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीहरूले बताएका छन् ।

त्यस्तै अर्का एक सवारी चालकले अहिले पनि सहरमा गतिविधि ठप्प रहेको बताउनु भयो । उहाँले प्रदर्शन गर्न मात्र पुगेका प्रदर्शनकारीमाथि प्रहरीले दमन गरेको बताउनु भयो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भाग तीन दशकदेखि सशस्त्र लाडाकूको हिंसाको चपेटामा परेको छ । जुन सन् १९९० र सन् २००० को दशकमा भड्किएको क्षेत्रीय युद्धको विरासत हो । गाेरखापत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.