भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

रिटको सुनुवाइ आज


  • पुष १६, २०७७
  • 553 Views
रिटको सुनुवाइ आज image

काठमाडौं । मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी आज बिहीबारका लागि तोकिएको छ ।

संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाइने भन्दै अधिवक्ताहरू दिनेश त्रिपाठी, लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले गत १३ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको रिटमा प्रतिनिधिसभा विघटनपछि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यसमेत नभएको र सरकार कामचलाउ भइसकेको अवस्थामा संविधानको मर्मविपरीत मन्त्रिपरिषद् विस्तार गरेकाले त्यसलाई बदर गर्न माग गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.