DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

रेमिट्यान्स घट्दोः चार महिनामा ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ मात्र


  • पुष १, २०७८
  • 473 Views
रेमिट्यान्स घट्दोः चार महिनामा ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ मात्र image

काठमाडौं । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म रेमिट्यान्स विप्रेषण आप्रवाहमा गिरावट आउने क्रममा आप्रवाह दर ७ दशमलव ५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विवरणअनुसार कात्तिक मसान्तसम्म कुल ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ७ दशमलव ५ प्रतिशतले न्यून हो । गत आवको सोही अवधिमा ३ खर्ब ३७ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव २ प्रतिशतले बढेको थियो ।

यसैगरी, चालू आवको कात्तिक महिनामा भित्रिएको रेमिट्यान्स रकम असोजको तुलनामा झन् घटेको छ । कात्तिकमा मात्र ७३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । तर, चालू आर्थिक वर्षको असोज महिनामा करिब ८४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चालू आवको कात्तिकसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपाली कामदारको संख्यात्मक रूपमा वृद्धि भई ९६ हजार ३ सय ८२ जना पुगेको छ ।

गत आवको सोही अवधिमा यस्तो संख्या ९५ दशमलव ७ प्रतिशतले घटेको थियो । यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९ दशमलव १ प्रतिशतले वृद्धि भई ५९ हजार ७ सय २३ जना पुगेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या ७८ दशमलव ९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भई ९६ हजार ३ सय ८२ जना पुग्नु मुलुकको श्रम व्यवस्थापनका लागि निकै राम्रो पक्ष भएको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूले कोरोना कहरकाबीच वैदेशिक रोजगारीमा जाने संख्या निकै राम्रो भएको बताएका छन् ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५।७ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या समीक्षा अवधिमा २४९ दशमलव १ प्रतिशतले वृद्धि भई ५९ हजार ७ सय २३ जना पुगेको छ । समीक्षा अवधिमा चालू आवको कात्तिकसम्ममा खुद ट्रान्सफर ७ दशमलव ४ प्रतिशतले कमी आई ३ खर्ब ४५ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो ट्रान्सफर ८ दशमलव ९ प्रतिशतले बढेको थियो । राजधानी दैनिकबाट ……

 


Thali Mobile Pvt.Ltd.