भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

लमजुङ कारागारबाट मध्यराती दुई कैदीबन्दी फरार


  • जेष्ठ १८, २०८०
  • 306 Views
लमजुङ कारागारबाट मध्यराती दुई कैदीबन्दी फरार image

लमजुङ । बेसीसहरः लमजुङ जिल्ला कारागारबाट दुईजना कैदी बन्दी फरार भएका छन् । बिहीबार बिहान साढे १ बजे कारागारको पर्खाल नागेर कैदीबन्दी फरार भएका हुन् ।

फरार हुनेमा लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ४ दुईपिप्लेका २७ वर्षका विष्णु विक र गोरखाको चुम्नुव्री गाउँपालिका वडा नं. ३ घट्टेखोला घर भइ पोखरा महानगरपालिका– १६ बस्ने ३७ वर्षका चन्द्रबहादुर गुरूङ रहेका छन् ।

बेसीसहर नगरपालिका वडा नं. ८ शेरामा रहेको कारागारबाट फरार भएका कैदीबन्दीको खोजीकार्यमा प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश श्रीमलको कमाण्डमा प्रहरी खटिएका छन् ।

विक २०७९ साउन २४ गते जवरजस्ती करणी मुद्दामा र गुरूङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

रातको समयमा पर्खाल नागेर भागेका कैदीबन्दीको खोजीकार्य तीव्र बनाइएको सुचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.