भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ललिता निवासले सिकाएको सबक


  • फाल्गुन ६, २०८०
  • 247 Views
ललिता निवासले सिकाएको सबक image

काठमाडौं । बहुचर्चित ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणबारे अदालतले दिएको फैसलापछि नेपाली बजार तातिएको छ । भूमिसम्बन्धी मुद्दामा अदालतले गरेको हालसम्मकै ठूलो फैसला भएकाले पनि फैसलाको आशयबारे बिभिन्न कोणबाट बहस हुनु स्वाभाविकै हो ।

विशेष अदालतले अभियोग लगाएका तत्कालीन उपप्रधानमन्त्री एवं भूमिसुधारमन्त्री विजयकुमार गच्छदारसहित तीनजना मन्त्रीलाई सफाइ दिनुपछाडि पनि भिन्न तर्क र आकलन चलिरहेछ । सार्वजनिक जग्गा हिनामिना प्रकरणमा तत्कालीन उपप्रधानमन्त्रीसहित मन्त्री, ६ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारीहरू र अन्य व्यक्तिसमेत गरी १ सय ७५ जना विपक्षी बनाइएको सन्दर्भमा पनि आआफ्नै तर्क सुनिएका छन् ।

भ्रष्टाचारको आरोपमा १ सय १० जनालाई र सरकारी जग्गा जफत गर्ने प्रयोजनका लागि ६५ जनालाई प्रतिवादी बनाइएको हो । यही ललिता निवास जग्गा प्रकरणमा किर्ते मुद्दा काठमाडौं जिल्ला अदालतमा पनि विचाराधीन छ । यस मुद्दामा राजनीतिदेखि प्रशासनिक र संवैधानिक निकायका व्यक्तिहरूलाई पनि प्रतिवादी बनाइएको थियो । तर, पूर्वप्रधानमन्त्रीहरूलाई बयान मात्रै लिइएको छ ।

साथै राजनीतिक व्यक्तिहरू चोखिने र कर्मचारी र अन्य संलग्नहरू मात्र कारबाहीमा पर्नुले आमनागरिकमा भने केही चिसो पसेको देखिन्छ । विशेष अदालतले ६५ जनाको जग्गा जफत गर्ने फैसला गरेको हो । अब ललिता निवास र त्यस आसपासको करिब १ सय ३६ रोपनी जग्गा नेपाल सरकारका नाममा हुने फैसला गरेको छ । यसले माटोप्रतिको बेइमानी जसले गरे पनि एकदिन कारबाही भोग्नुपर्छ भन्ने सन्देश पनि दिएको छ ।

कसरी सरकारी जमिन निजीकरण हुन्छ र त्यसमा कस्ता व्यक्तिहरू संलग्न हुन्छन् भन्ने एक ज्वलन्त उदाहरण बनेको ललिता निवास प्रकरणको यो फैसलाले सरकारी जमिनमात्र फिर्ता आएको छैन, सरकारी जमिनमा कुदृष्टि लगाउनेहरूलाई एउटा गतिलै सबक पनि सिकाएको छ । साथै यो फैसलामा ललिता निवासको सम्बन्धमा निर्णय गर्ने पूर्वमन्त्रिपरिषद् पूरै जिम्मेवार हुने आशय प्रकट गरिएको छ ।

आमनागरिक तहमा उठेको राजनीतिक नेतृत्वलाई मात्र उन्मुक्ति भन्ने प्रश्नको जवाफ पनि यो फैसलाले दिएको हुनुपर्छ । यी चारवटै मन्त्रिपरिषद्को निर्णयकर्ता प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई मुद्दा चलाउनुपर्ने आशय फैसलामा देखिन्छ । यदि त्यसो हो भने न्याय सबैलाई बराबर हुनुपर्छ भन्ने भाष्य स्थापित होस् । होइन भने कागजमा लेखिएको कानुनको कुनै अर्थ हुने छैन । अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.