भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

लुम्बिनीको पूर्वाधार प्राधिकरणमा साढे २ वर्षमा तीन निर्देशक


  • बैशाख ३, २०७९
  • 495 Views
लुम्बिनीको पूर्वाधार प्राधिकरणमा साढे २ वर्षमा तीन निर्देशक image

बुटवल । प्रदेशको पूर्वाधार निर्माणका लागि गठन भएको पूर्वाधार विकास प्राधिकरणमा तेस्रो कार्यकारी निर्देशक नियुक्त भएका छन्। मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारले प्राधिकरण गठन गरेको थियो। गठन भएको साढे २ वर्षमा तीन जना निर्देशक नियुक्त भएका छन्। निर्देशक परिवर्तन भइरहे पनि प्राधिकरणले अहिलेसम्म कुनै ठोस काम गर्न सकेको छैन। प्रदेशको राजधानी निर्माणलाई लक्षित गरेर गठन भएको प्राधिकरणले ठूला पूर्वाधार निर्माणको काम पनि गर्छ। साढे दुई वर्षको अवधिमा तीन वटा नेतृत्व आएको छ। तर यो संस्थाको उपलब्धिमूलक कामभन्दा पनि अनियमिततामा बढी संलग्नता देखिएको छ।

शुक्रबार मात्रै नयाँ सिइयोमा प्युठानका छबिराज पोख्रेलले शपथ लिएका छन्। माओवादी कार्यकर्ता रहेका उनलाई चैत २५ गते मन्त्रीपरिषदले नियुक्त गर्ने निर्णय गरेको हो। प्रमुख कार्यकारी निर्देशक अनन्तराज घिमिरेले राजीनामा दिएपछि नयाँ सिइओ नियुक्त गरेको हो। मुख्यमन्त्री कुलप्रसाद केसीकै नेतृत्वको प्राधिकरण समितिले लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणमा डेढ अर्व घोटला गर्न खोजेको भन्दै घिमिरेले राजिनामा दिएका थिए। घिमिरे केसी नेतृत्वकै सरकारले नियुक्त गरेका व्यक्ति हुन्।

प्राधिकरण र मुख्यमन्त्री केसी लुम्बिनी अस्पतालको भवन निर्माणको टेण्डरको अनियमितता प्रसाद विवादमा मुछिएका छन्। यसअघिको सरकारले पहिलो कार्यकारी निर्देशकमा धु्रबकुमार मजगैयालाई नियुक्त गरेको थियो। एमाले नेतृत्वको सरकार फेरिएपछि उनलाई हटाएर घिमिरेलाई कार्यकारी निर्देशक बनाइएको थियो। यो विषय सर्बोच्चमा समेत पुगेको थियो।

नवनियुक्त निर्देशकलाई शुक्रबार मुख्यमन्त्री केसीले शपथ गराउदै प्रदेश राजधानी निर्माण प्रदेश सरकारको पहिलो योजना भएकोले त्यसलाई छिटो पूर्णता दिन निर्देशन दिए। नवनियुक्त प्रमुख कार्यकारी निर्देशक प्यूठान जिल्ला ओखरकोट निवासी हुन्। सपथ ग्रहणमा निर्देशक पोख्रेलले सरकारले दिएको जिम्मेवारी पूरा गर्नका लागि तयार रहेको बताए। अन्नपूर्ण पोष्ट दैनिकबाट……

 


Thali Mobile Pvt.Ltd.