भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ल्होत्से हिमालमा पहिलो आरोहण सफल


  • बैशाख २९, २०७९
  • 589 Views
ल्होत्से हिमालमा पहिलो आरोहण सफल image

काठमाडौं । यस बसन्त मौसममा हुने ल्होत्से हिमाल ९८५१६ मिटर०को आरोहण बुधबार राती पहिलो पटक सफल भएको छ । बाटो बनाउने ९रोपफिक्सिङ० सात जना शेर्पा गाइडहरुको टोलीले साँझ ८ बजे हिमालको चुचुरोमा पुग्नुभएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेक्सका निर्देशक छाङदावा शेर्पाले जानकारी दिनुभयो ।

बाटो बनाउने शेर्पाहरुको टोलीको हिमालको सफल आरोहण गरेसँगै मौसमले साथ दिए यसै साताभित्र ल्होत्से हिमालको आरोहण सम्पन्न हुने समेत शेर्पाले बताउनुभयो । चुचुरो पुग्नेहरुमा संखुवासभाका आरोही गाइड सोना शेर्पा, फुर्वा कुसाङ शेर्पा, सोलुखुम्बुका ङिमाटासि शेर्पा, फुर्वा शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, ल्हाक्पा तेन्जी शेर्पा र फुर्वा छेतर शेर्पा रहनु भएको कम्पनीले जनाएको छ ।

सगरमाथा र ल्होत्से हिमाल आरोहणका लागि चुचुरोसम्मको बाटो बनाउने जिम्मा यस वर्ष सेभेन समिट ट्रेक्सले लिएको थियो । यी आरोही गाइडहरुबाटै यस बैशाख २४ गते सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो निर्माण गर्नुभएको थियो ।

यस मौसममा ल्होत्से हिमाल आरोहणका लागि १३ आरोहणदलबाट ९८ जना पुरुष र २९ जना महिला गरी १२७ जना आरोहीले अनुमती लिएको पर्यटन विभागको तथ्याङकमा उल्लेख छ । यस वसन्त मौसममा नेपालका २७ वटा अग्ला हिमालहरु आरोहणका लागि ११८ आरोहणदलबाट ९५३ जना आरोहीले आरोहण अनुमती लिएको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिनुभयो ।

यस बसन्त मौसममा मात्र यी हिमालहरु आरोहण अनुमतीबाट विभागले ४७ करोड ४६ लाख ६६ हजार ६११ रुपियाँ राजस्व संकलन गरेको छ । गोरखापत्र दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.