भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

विचार नमिल्ने दलको गठबन्धनले देश र जनताको हित गर्दैन, विकल्प सोचौं : बाबुराम भट्टराई


  • जेष्ठ २०, २०७९
  • 433 Views
विचार नमिल्ने दलको गठबन्धनले देश र जनताको हित गर्दैन, विकल्प सोचौं : बाबुराम भट्टराई image

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दिगो लोकतान्त्रिक स्थिरता, सुशासन र समृद्धिका निम्ति गम्भीर ढंगले सोच्न आह्वान गरेका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले विपरित विचारको गठबन्धन सधैं हिलोको किलो झैं हल्लने टिप्पणी गरेका छन्।

उनले विपरित वैचारिक-राजनीतिक धरातलमा उभिएका दलहरूवीच भगत गणितीय आधारमा बन्ने गठबन्धनले दीर्घकालमा देश र जनताको हित नगर्ने उल्लेख गरेका छन्। उनले विपरित वैचारिकको गठबन्धन महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुने धारणा राखेका छन्।

‘विपरित वैचारिक-राजनीतिक धरातलमा उभिएका दलहरूबीच भगत गणितीय आधारमा बन्ने गठबन्धन सधैं हिलोको किलो झैं हल्लने र केही महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुन्छ। त्यसले दीर्घकालमा देश र जनताको हित गर्दैन।’उनले भनेका छन्, ‘दीगो लोकतान्त्रिक स्थिरता, सुशासन, समृद्धिका निम्ति गम्भीर ढंगले विकल्प सोचौं !’

स्थानीय तहको निर्वाचनमा वामपन्थी (कम्युनिस्ट) र कांग्रेसबीच गठबन्धन भएको थियो। सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा रहेको छ। उनीहरुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेविरुद्ध मोर्चाबन्दी गरेका छन्। आगामी संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिने बताइरहेको समयमा भट्टराईले यस्तो धारणा राखेका हुन्।

अन्नपूर्ण पाेष्ट दैनिकबाट..

 


Thali Mobile Pvt.Ltd.