भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

विज्ञको अनुमान ६० देखि ७० प्रतिशतलाई खोप लगाउनुपर्छ


  • मंसिर २१, २०७७
  • 679 Views
विज्ञको अनुमान ६० देखि ७० प्रतिशतलाई खोप लगाउनुपर्छ image

काठमाडौँ — कोरोना महामारी रोक्न नेपालमा ६० देखि ७० प्रतिशत मानिसले संक्रमणविरुद्घको खोप लगाउनुपर्ने विज्ञहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठन डब्लूएचओ ले कोरोनाविरुद्धको खोप विकास नभएसम्म सामाजिक दूरी कायम राखी मास्क लगाउने, साबुनपानीले हात धुने, हावा ओहोरदोहोर हुने ठाउँमा बस्नेलगायत जनस्वास्थ्यका उपाय अपनाउन सुझाव दिँदै आएको छ । ‘त्यस्ता जनस्वास्थ्य उपायबिनै महामारी रोक्न न्यूनतम ९० प्रतिशत प्रभावकारी खोप ६० देखि ७० प्रतिशतलाई लगाउनुपर्छ,’ कोभिड खोप सल्लाहकार समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा। श्यामराज उप्रेतीले भने, ‘तर खोपले गर्दा आम व्यक्तिको शरीरमा उत्पन्न हुने संक्रमणविरुद्घको रोग प्रतिरोधक क्षमता कति समयसम्म रहन्छ, त्यो अहिले भन्न सकिँदैन ।’ नेपालमा ७० प्रतिशतले खोप लगाए करिब २ करोड १० लाख जनाले त्यो सुविधा पाउनेछन् ।

सरकारले जोखिम समूहमा रहेका र अन्यलाई खोप दिने नीति लिएको छ । कोरोना नयाँ भाइरस भएको तथा संक्रमण सुरु भएको वर्ष दिन नाघेकाले जानकारी र अनुसन्धान अभावले खोपको कभरेज कति हुनुपर्छ भन्ने यकिन जवाफ दिन मुस्किल रहेको डा। उप्रेतीको भनाइ छ । विज्ञहरूका अनुसार करिब ७० प्रतिशत मानिसमा खोप दिँदा संक्रमण मात्र रोकिन्न मृत्युदरमा समेत कमी आउँछ । ‘रणनीतिक रूपमा प्रक्रिया पुर्‍याएर खोप लगाइयो भने सबैलाई खोप लगाउनु पर्दैन,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं कोरोना खोप व्यवस्थापन समितिका सदस्य डा। जीडी ठाकुरले भने, ‘हाम्रो उद्देश्य कोभिड संक्रमणको कडी तोड्नु हो ।

जोखिममा रहेका समूहलाई खोप लगाएर संक्रमणको विस्तार रोक्न सफल रह्यौं भने पूरै जनसंख्यालाई खोपको आवश्यकता हुन्न ।’ निश्चित संख्यामा भ्याक्सिनेसन गर्दा ठूलो समुदायमा भाइरसको प्रसारमा कमी आउने विज्ञको भनाइ छ । ‘खोप लगाउने व्यक्तिहरू मिलेर ठूलो स्तरमा समुदायलाई सुरक्षित गर्ने यो प्रक्रियालाई हर्ड इम्युनिटी भन्छौं,’ डा। ठाकुरले भने, ‘सामान्य भाषामा धेरैजसो व्यक्तिको शरीर भाइरससँग लड्ने स्थितिमा आउनु हर्ड इम्युनिटी हो ।’ स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी निकाय बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमका अनुसार हाल सरकारको लक्ष्य सबै नेपालीलाई खोप दिने भए पनि १५ वर्षमुनिका बालबालिकामा खोप परीक्षणको निष्कर्ष नआएकाले उक्त समूह तत्काल खोप लगाउनुपर्नेमा परेन । मुलुकमा हाल ५५ वर्षभन्दा माथि उमेर समूहमा कोभिडको मृत्युदर धेरै देखिएको छ ।

तत्काल उपलब्ध हुने खोपमा सरकारको पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीहरू छन् । यसपछि ५५ वर्षमाथिका र ४० देखि ५४ वर्षका दीर्घरोगी, अग्रपंक्तिमा काम गर्ने सामाजिक कार्यकर्ता छन् । जोखिम समूहलाई खोप दिएर कोभिडबाट प्रतिरोधी बनाउने प्रयास रहने डा। उप्रेतीले बताए । ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसनका अनुसार हाल विश्वमा क्लिनिकल परीक्षणअन्तर्गत पहिलोदेखि तेस्रो चरणसम्म १५ मुलुकमा ४३ खोप निर्माण भइरहेका छन् । तेस्रो चरणसम्म परीक्षणमा अमेरिकामा ११, चीनमा ११, जर्मनीमा ४, भारत र अस्ट्रेलियामा ३र३, बेलायत र रुसमा २र२ वटा खोपको निर्माण कार्य जारी छ । यस्तै, क्युवा, इटाली, जापान, साउथ कोरिया, कजाकिस्तान, ताइवान र सिंगापुरमा पनि एक–एक वटा खोपको विकास भइरहेको छ । हाल परीक्षणको चरणमा रहेका खोपमा सबैभन्दा बढी प्रोटिनमा आधारित १४ वटा छन् । यसपछि भाइरल भेक्टर खोप १३ वटा, न्युक्लिक खोप १० र भाइरसमा आधारित खोप ७ वटा छन् । कान्तिपुर दैनिक

 


Thali Mobile Pvt.Ltd.