भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

विधान अधिवेशनको तयारीमा जसपा, बहसमा पहिचानको मुद्दा


  • माघ १७, २०७९
  • 316 Views
विधान अधिवेशनको तयारीमा जसपा, बहसमा पहिचानको मुद्दा image

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले विधान अधिवेशनको तयारी तीव्र पारेको छ। अहिले विधान अधिवेशनमा प्रस्तुत हुने विधान मस्यौदा समितिले पार्टीको विधान र भावी रणनीतिका विषयमा गृहकार्य गरिरहेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

विधान मस्यौदा समिति पार्टी अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा छ। यो समितिले स्थानीय तहदेखि केन्द्रसम्म पार्टीलाई मजबुद बनाउने रणनीतिसहितको मस्यौदा तयार गरिरहेको छ। पार्टीको राजनीतिक समितिका बैठकमा पनि विधान मस्यौदा समितिले पार्टीलाई मजबुद बनाउने गरी विधान मस्यौदाको तयारीमा जुट्नुपर्ने समझदारी गरेका छन्।

जसपाका नेताहरूले बैठकमा पार्टीको सांगठनिक संरचना र पहिचानको मुद्दालाई प्राथमिकतामा उठाउन पर्ने धारणा राखेको बस्नेतले अन्नपूर्णलाई बताए। जसपाको हालको विधानमा केन्द्रीय, प्रादेशिक र स्थानीय तहका विभिन्न सांगठनिक संरचनाको व्यवस्था छ।

पहिचानमा आधारित लिम्बूवान, किरात, मधेस, शेर्पालुङ, नेवा, ताम्सालिङ, मगरात, तमुवान, थरुहट, खसान र दलितरशिल्पी विशेष (१०ं१) राष्ट्रिय समिति र सातवटा प्रदेशस्तरीय संरचनाबीच शक्तिको बाँडफाँट र अधिकार क्षेत्रबारे नेताहरुबीच फरक धारणा रहेको बस्नेतले बताए।

यी दुई खाले संरचनामध्ये राजकीय मामलामा हाल जसपाले प्रदेशस्तरीय समितिलाई कार्यकारी र पहिचानमा आधारित राष्ट्रिय समितिलाई समन्वयकारी हैसियत प्रदान गरेको उनले बताए।

समग्रमा पहिचानको मुद्दाबारे पुनर्विचार गरौं भन्ने आवाज उठ्न थालेको बताउँदै प्रचार विभाग प्रमुख बस्नेतले पहिचानको मुद्दा जसपाको विधान अधिवेशनको पेचिलो विषय बन्ने देखिएको बताए। जसपाको राजनीतिक समितिको बैठकले विधान अधिवेशन आगामी चैतमा र पार्टीको महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.