DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

विमानस्थलमा अब सबैलाई एउटै प्रस्थान द्वार


  • फाल्गुन २६, २०७८
  • 369 Views
विमानस्थलमा अब सबैलाई एउटै प्रस्थान द्वार image

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवस्था गरिएको बेग्लै प्रस्थान द्वार ९ढोका० सरकारले हटाएको छ । यसअघि भिजिट भिसा र श्रम भिसामा जाने श्रमिकको प्रस्थान द्वार छुट्टाछुट्टै थियो । श्रम मन्त्रालयले बुधबारबाटै लागू हुने गरी श्रम डेस्कसमेत हटाएको छ । छुट्टै प्रस्थान द्वाराको श्रमिकमाथि दोस्रो दर्जाको व्यवहार भएको भन्दै विरोध हुँदै आएको थियो । त्यस्तै, श्रम डेस्कका कारण श्रमिकहरूले अनावश्यक दुःख खेप्नु परेको भन्दै त्यसलाई हटाउन पनि आवाज उठ्दै आएको थियो ।

‘छुट्टाछुट्टै प्रस्थान द्वार राख्दा श्रमिकलाई दोश्रो दर्जाको व्यवहार भयो कि भन्ने गुनासो थियो ।आजदेखि श्रमिकले छुट्टै लाइनमा बस्नुपर्ने या कुनै पनि झन्झटिलो प्रक्रिया लिन नपर्ने गरी व्यवस्था गरिएको छ,’ बुधबार विमानस्थल पुगेका श्रममन्त्री किसनकुमार श्रेष्ठले भने, ‘जसरी अरु यात्रुहरू जानुहुन्छ, अब त्यसरी नै श्रमिकहरू पनि जान पाउनु हुन्छ ।’ विमानस्थलस्थित श्रम डेस्कमा अनिवार्य जानुपर्ने भएकोले वैदेशिक रोजगारीमा जाने श्रमिकहरु झण्डै दशकदेखि छुट्टै लाइनमा बस्नुपर्ने हुन्थ्यो । श्रम सचिव एकनारायण अर्यालले श्रम डेस्कलाई श्रम सहजीकरण गर्ने डेस्कको रुपमा परिवर्तन गरिएको बताए ।

‘श्रम स्वीकृति लिए–नलिएको विषय अध्यागमनबाटै हेर्न सकिनेछ,’ उनले भने, ‘अब पहिलाको जस्तो छाप लिनुपर्ने गरी श्रम डेस्क रहने छैन ।’ वैदेशिक रोजगार सूचना प्रणाली ९फेमिस० मा पेश भएको कागजातको आधारमा श्रम स्वीकृति जारी गरिने भए पनि श्रम डेस्कले कागजात नमिलेको भन्दै विमानस्थल प्रवेश पाइसकेका श्रमिकलाई रोक्दै आएको थियो । सहसचिव प्रमुख रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिइसकेपछि पुनः श्रम डेस्कले श्रम स्वीकृतिको प्रक्रियामाथि नै छानबिन गर्न थालेपछि डेस्क विवादमा तानिएको हो । वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहण गुरुङ विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने कार्य स्वागतयोग्य भएको प्रतिक्रिया दिए । कान्तिपुर दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.