भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

विराटनगर बसपार्कको प्रतिक्षालयमा भेटियो पुरुषको शव


  • असार २३, २०७९
  • 334 Views
विराटनगर बसपार्कको प्रतिक्षालयमा भेटियो पुरुषको शव image

विराटनगर । विराटनगर बसपार्कको प्रतिक्षालयमा बिहीबार बिहान एक जना पुरुषको शव भेटिएको छ। विराटनगर महानगरपालिका–११ स्थित बसपार्कको प्रतिक्षालयमा सुतिरहेको अवस्थामा पुरुषलाई मृत फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार अन्दाजी ५०–५५ वर्षीय मृतकको पहिचान खुल्न बाँकी छ। स्थानीयले प्रहरीलाई दिएको जानकारी अनुसार बुधबार बेलुका साढे ८ बजेतिर ती पुरुष बसपार्कको प्रतिक्षालयमा भेटिएका थिए। यात्रु प्रतिक्षालयमा रहेको फलामको कुर्सीमै सुतेका उनी भोलिपल्ट बिहान मृत फेला परेका हुन्। वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी दीपेन्द्र पञ्जीयार थारु नेतृत्वको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरिहेको छ। मृतकको साथमा एउटा प्लाष्टिकको झोला फेला परे पनि पहिचान खुल्नै कुनै कागजात नभेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार झोला खानतलासी गर्ने काम भइरहेको छ।

‘बेलुका आएर प्रतिक्षालयमा बसेका पुरुष सुतिरहेको अवस्थामा मृत फेला परेका हुन्। विभिन्न कोणबाट घटनाको अनुसन्धान थालिएको छ,’ डीएसपी श्रेष्ठले भने, ‘मृतकको पहिचान खुलेको छैन। साथमा भएको झेलामा पनि परिचय खुल्ने कुनै कागजात भेटिएन।’ शव पोस्टमार्टमका लागि कोसी अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

अन्नपूर्ण पाेष्ट दैनिकबाट..

 


Thali Mobile Pvt.Ltd.