भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

विशेषज्ञ डाक्टरबिहीन गुल्मी अस्पताल


  • भाद्र २९, २०८०
  • 250 Views
विशेषज्ञ डाक्टरबिहीन गुल्मी अस्पताल image

गुल्मी । गुल्मी अस्पताल विशेषज्ञ डाक्टरबिहीन बनेको छ । यही भदौ १३ गते अस्पतालका मेसु डाक्टर राजेन्द्र जिसी सरुवा भई पाल्पा गएपछि गुल्मी अस्पताल विशेषज्ञ डाक्टर बिहीन बनेको हो । गुल्मी अस्पतालमा १० जना विशेषज्ञ डाक्टरको दरबन्दी छ ।

तर विगत लामो समयदेखि एक जना मात्रै विशेषज्ञ डाक्टर कार्यरत थिए । झण्डै सात महिनाअघि डाक्टर पच्या सरुवा भई गएपछि गुल्मी अस्पतालको नेतृत्व सम्हाल्न डाक्टर जिसी आएका थिए । तर जिसी पनि गएपछि अहिले अस्पताल विशेषज्ञ डाक्टर बिहीन एवम् प्रशासन प्रमुख बिहीन बनेको छ । अस्पतालमा पाँचजना अन्य डाक्टरहरुको दरबन्दी छ । करारमा आठजना डाक्टर कार्यरत थिए । ती मध्ये केही बिदामा छन् । जसले गर्दा अस्पतालको सेवा प्रवाहमा कठिनाई भइरहेको छ भने नागरिकले सास्ती खेपेका छन् ।

यही भदौ १२ गते उपचारको क्रममा अर्घाखाँची काउलेकी सात बर्षिया बालिकाको ज्यान गएपछि अहिले अस्पतालमा पहिलेजस्तो सहज ढङ्गले सेवा प्रवाह हुन छाडेको छ । ‘पहिले–पहिले अस्पतालमा राम्रोसँग चेकजाँच हुन्थ्यो, तर अहिले सामान्य उपचार पाउन पनि गाहे भयो ।’ उपचार लिन आएकी सुमित्रादेवी पाण्डेले भनिन्, ‘बाध्य भएर निजी मेडिकलमा जानुप¥यो ।’ अस्पतालमै सेवा लिएका अर्घाखाँचीका फर्सुराम पाण्डेले जनशक्ति अभावमा अस्पतालबाट उपचार पाउन समस्या भएको भन्दै तत्काल समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

गुल्मी अस्पतालका अध्यक्ष गोपाल पाण्डेले अस्पतालमा जनशक्ति अभाव भएको स्विकार गर्दै आवश्यक जनशक्ती व्यवस्थापन गर्न पहल भइरहेको बताउनुभयो । ‘डाक्टर ल्याउनको लागि निरन्तर प्रयास गरिरहेको छु, तर प्रदेशको मन्त्रालयले डाक्टर नै पाइएनन् भन्छ ।’ उनले भने । पछिल्लो एक महिनामा मात्रै १४ जना स्वास्थ्यकर्मीले अस्पताल छोडेको पाण्डेले बताए । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.