भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

वीरगन्जबाट २३ किलो सुन र दुई किलो चाँदी बरामद


  • कार्तिक २, २०७७
  • 548 Views
वीरगन्जबाट २३ किलो सुन र दुई किलो चाँदी बरामद image

वीरगञ्ज । वीरगन्जको एक अपार्टमेन्टमा प्रहरीले छापा मारेर २३ किलो बढी सुन बरामद गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–५ मा रहेको गणेश अपार्टमेन्टमा केही दिनदेखि निगरानी गरेको प्रहरीले शनिबर दुई घण्टा लामो समय छापा मारेर २३ किलो बढी सुन बरामद गरेको हो । निलो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा पहेंलो धातु बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् । सुन र चाँदी बरामद भएको विषयमा पत्रकार सम्मेलन गरेर यसको विवरण प्रहरीले सार्वजनिक गरेको छ ।

केही दिनदेखि निगरानी गरेको प्रहरीले शनिबार अपार्टमेन्टबाट एक केजीका दरले १३ वटा सुनका बिस्कुट १३ केजी, मझौला सुनका बिस्कुट ४६ पिस आठ केजी पाँच सय ७६ ग्राम । बिस्कुट सानो १०० ग्रामको दरले १० पिस एक केजी बरामद गरेको छ । त्यसैगरी सुनका गरगहनासमेत प्रहरीले बरामद गरेको छ । विभिन्न गहना ६८१ ग्राम भएको प्रहरीको भनाइ छ । त्यसैगरी चाँदीको जस्तो देखिने गरगहना, थाल र भाडा गरेर दुई केजी २६२ ग्राम बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन ।

प्रहरी प्रमुख पन्तका अनुसार २३ किलो बढी सुन र दुई केजी २६२ ग्राम बराबर जाँदीका सामान बरामद भएका छन्। सुन बरामद भएको अपार्टमेन्टको फ्ल्याट र त्यसका धनीबाटे अनुसन्धान भइरहेको पन्तले जानकारी दिइन् । पर्सा प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर सुन बरामद भएको जानकारी दिएको हो । अन्नपूर्णपोष्ट दैनिक

 


Thali Mobile Pvt.Ltd.