भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

वीर अस्पतालमा करारका १३ कर्मचारी भर्ना, १० जना स्वास्थ्यमन्त्री बस्नेतको जिल्लाका


  • पुष ६, २०८०
  • 273 Views
वीर अस्पतालमा करारका १३ कर्मचारी भर्ना, १० जना स्वास्थ्यमन्त्री बस्नेतको जिल्लाका image

काठमाडौं । वीर अस्पतालमा करारका नयाँ १३ कर्मचारी भर्ना गर्दा १० जना स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोकका छन् । प्रक्रियासमेत नपुर्‍याई गरिएको नियुक्तिमा अन्य तीनजना पनि मन्त्रीनिकट छन् ।

खुला प्रतिस्पर्धाबाट सबैको फाराम लिएर कर्मचारी छनोट गर्नुपर्ने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को नियम रहेकोमा १७ मंसिरमा सुटुक्क आफ्ना व्यक्तिलाई फाराम भराएर १९ मंसिरमा छनोट गरी नाम सार्वजनिक गरिएको हो ।

चलखेल गोप्य राख्न कर्मचारीको नाम सार्वजनिक गर्ने क्रममा उनीहरूको ठेगाना लुकाइएको थियो । तर, नयाँ पत्रिकालाई उनीहरूको ठेगानासहितको विवरण प्राप्त भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेका मात्रै चारजना छन् ।

उनीहरू लिफ्ट असिस्टेन्ट, चौथो तहमा छनोट गरिएका दीपेन्द्र बस्नेत र सन्तोष बस्नेत, ल्याब टेक्निसियन, पाँचौँ तहमै छनोट भएका सन्तोष राउत र सातौँ तह मेडिकल ल्याब टेक्निसियनमा जागिर पाएकी स्मिता थापा हुन् । त्यस्तै, इलेक्ट्रिसियन, चौथो तहका अरुण सापकोटा र सन्तोष दाहाल तथा ल्याब टेक्निसियन, पाँचौँ तहकी रस्मिता मिश्र मेलम्चीका हुन् । लिफ्ट असिस्टेन्ट, चौथो तहमा छानिएका विमला अधिकारी पानीपोखरी र अञ्जली तामाङ लिशंखुपाखरका हुन् ।

ल्याब टेक्निसियन, पाँचौँ तहमा छनोट भएकी प्रमिला आचार्य पनि सिन्धुपाल्चोककै रुद्रमतीकी हुन् । अन्य तीनजना पनि मन्त्रीनिकट भएको स्रोतले बतायो । जसमा ल्याब टेक्निसियन, पाँचौँ तहकी प्रमिला श्रेष्ठ सिन्धुली दुधौलीकी, सोही पदमा छानिएकी स्मृति देवकोटा रसुवा कालिकाकी र प्लम्बर, चौथो तहमा चयन भएका सुरेन्द्र दंगाल बनेपा काभ्रेका हुन् । यस विषयमा सोध्दा मन्त्री बस्नेत ‘थाहा छैन’ भन्दै उम्किए । ‘तपाईलाई यस्तो सूचना चाहिएको रहेछ, यसबारे मलाई थाहा छैन,’ उनले भने, ‘अहिले म मिटिङमा बिजी छु, पछि कुरा गरौंला ।’

आफ्ना मान्छे भर्ती गर्न मन्त्री बस्नेतले योजनावद्ध रुपमै प्रक्रिया थाल्न अस्पताल प्रशासनलाई लगाएका थिए । प्रशासनले १० कात्तिकमा आन्तरिक स्रोतबाट तलब खुवाउने गरी करारका नयाँ १३ जना कर्मचारी भर्नाका लागि सूचना जारी गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार ११ देखि १७ कात्तिकसम्म आवेदनको सूचना टाँस्नुपर्ने थियो । तर, अस्पताल प्रशासनले १७ कात्तिक दिउँसो १ बजे मात्रै अस्पताल प्रशासनमा सूचना टाँसेर सीमित व्यक्तिलाई फाराम भर्नेबारे थाहा दिएको थियो ।

स्रोतका अनुसार को–को व्यक्तिलाई राख्ने भनेर १७ कात्तिकमा स्वास्थ्य मन्त्रालयबाटै लिस्ट छनोट भइसकेको थियो । अन्य कर्मचारीले विरोध गर्ने डरमा सूचना टासिए पनि आफ्ना व्यक्ति नियुक्तिको सेटिङ मिलाइसकिएको थियो । केही घण्टा मात्रै सूचना टाँसेर औपचारिकता निभाए पनि आफ्ना व्यक्ति मात्रै छनोट गरी १९ कात्तिकमा नतिजा सार्वजनिक गरिएको थियो ।

न्याम्सका उपकुलपति प्रा।डा। भुपेन्द्र बस्नेतले कर्मचारीको नियुक्तिपत्र सदर गरेका थिए । तर, उनीहरूलाई कसरी भर्ना गरिएको र ठेगाना कता हो भन्नेबारे आफू जानकार नरहेको उनले बताए । ‘कर्मचारी कसरी राखियो भन्ने मलाई थाहा भएन । प्रशासनबाट आएको पत्रलाई नै मैले सदर गरेको हुँ,’ उनले भने, ‘उनीहरूको ठेगाना कहाँ हो भन्ने पनि मलाई थाहा छैन ।’

यसरी करारमा नयाँ कर्मचारी भर्ना गरेका मन्त्री बस्नेतले नै आवश्यकताभन्दा बढी भएको भन्दै यसअघि दुई सय ७६ करार कर्मचारी हटाएका थिए । मन्त्रीको यस्तो कदमबाट वीरका कर्मचारी रुष्ट छन् । ‘पहिले कर्मचारी बढी भएको भन्दै दुई सय ७६ जनालाई निकालियो, तर अहिले मन्त्रीले आफ्ना नजिकका व्यक्तिलाई फेरि भर्ना गरे,’ वीरको प्रशासनमा कार्यरत एक कर्मचारीले भने, ‘कर्मचारी भर्ना गर्ने विधि–विधान सबै कुल्चिएर करारका कर्मचारी राखिएको छ, करारमै नयाँ कर्मचारी राख्ने भए पुरानालाई किन हटाइयो ’

अख्तियार, लोकसेवा र राष्ट्रिय सतर्कता केन्द्रमा कर्मचारीको उजुरी
२८ असोजमा मन्त्रीकै निर्देशनअनुसार न्याम्सण्को बैठक बसेर न्याम्सअन्तर्गत ६३ वटा नयाँ दरबन्दी थप गरिएको थियो । सो दरबन्दीमा आफ्ना व्यक्तिलाई भर्ना गर्ने मन्त्रीको दाउ रहेको भन्दै अस्पताल तथा चिकित्सकहरूले विरोध जनाउँदै आएका छन् ।

वीर अस्पतालमा कार्यरत कर्मचारीहरूले स्वच्छ तरिकाले कर्मचारी भर्ना गर्नुपर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायतमा उजुरी दिएका छन् । उनीहरूले दुई साताअघि नै कर्मचारी भर्नाको आवेदन पुनः खोल्नुपर्ने र हाल फाराम भरेकाहरूको फाराम रद्द हुनुपर्ने माग राख्दै उजुरी दिएको वीर अस्पताल प्रशासनले जनाएको छ । उनीहरूले स्वच्छ र नियमसंगत रूपमा नयाँ कर्मचारी भर्ना गर्नुपर्ने माग राखेका छन् ।

वीर अस्पतालमा कार्यरत करार जनशक्ति हटाइएपछि उपचार सेवा पनि प्रभावित बनेको छ । २० असोजदेखि लागू हुने गरी अस्पतालले विशेषज्ञ, एमबिबिएस चिकित्सकसहित दुई सय ७६ जना स्वास्थ्यकर्मी हटाएको थियो । त्यसमा ल्याब टेक्निसियनसहितका कर्मचारी थिए ।
तर, त्यति वेला हटाइनेमा ५० जना एमबिबिएस चिकित्सक, दुईजना विशेषज्ञ चिकित्सक, १७ जना इमर्जेन्सीमा कार्यरत चिकित्सक, एक सय ५५ जना स्टाफ नर्स, ल्याबमा कार्यरत १० जना, अन्य रेडियोलोजी, प्याथोलोजीलगायतमा काम गर्ने स्वास्थ्यकर्मी थिए ।

स्वास्थ्यकर्मी निकालेपछि एक सय ५५ वटा बेड घटाइएको छ । जनशक्ति घटाएर उपचार सेवा खुम्च्याइएपछि सर्वसाधारण मारमा परेका छन् । हाल ५५ वटा आइसियू बेडमध्ये २३ वटा बेड घटाएको छ  । हाल ब्लड बैंक, इमर्जेन्सी, ल्याबलगायतमा जनशक्तिको अभाव छ । दिनहुँ बिरामी बढे पनि जनशक्ति घटेकाले उपचार लिन कठिन हुने गरेको छ । नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.