भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

शरीर शिथिल अडान यथावत्,सरकार मान्छेको कुरै सुन्दैन !


  • आश्विन १६, २०७७
  • 458 Views
शरीर शिथिल अडान यथावत्,सरकार मान्छेको कुरै सुन्दैन ! image

१९ दिनदेखि अनशनरत उनको स्वास्थ्य कमजोर भएको छ । बोल्न सक्दैनन् । उनको पक्षमा जनसमर्थन बढिरहेको छ । सरकारले भने असाधारण मौनता साँधिरहेको छ ।जिल्ला अस्पताल डडेलधुराकी कार्यालय सहयोगी कमला ढाटलाई यतिबेला अनशनरत डा. गोविन्द केसीलाई केही पो भइहाल्छ कि भन्ने चिन्ताले मन खिन्न बनाएको छ । गत वर्ष कात्तिकमा डडेलधुरा पुगेका डा. केसी अस्पतालबाट ५ मिनेटको दूरीमा रहेको कमलाकै घरमा सञ्चालित सगरमाथा होटलको एउटा कोठामा दुई महिनाभन्दा धेरै बसेका थिए ।

त्यसपछि केही दिनका लागि दार्चुला गएर फर्किन्छु भनेर उनी त्यहाँबाट हिँडेका थिए । जाने बेला उनले लौरो र एउटा झोला राखिदिनुहोला भनेर छाडेका थिए । सात वर्षदेखि पक्षाघातले थलिएका कमलाका श्रीमान् चन्द्रबहादुरलाई राम्ररी बस्नुस् है भनेर बिदा मागेका थिए । कमलाले टेलिफोनमा सुनाइन्, ‘डाक्टर सापलाई केही हुन्छ कि भनेर डर लाग्छ । सरकारले त्यति राम्रो मान्छेको कुरै सुन्दैन । पीर लाग्छ ।’

डडेलधुरा बसाइमा डा. केसी साधारण जीवनशैली र दिनरात नभनी निःशुल्क काम गर्ने स्वभावका कारण सामान्य जनताका निम्ति प्रिय थिए । कमलाका अनुसार उनी बिहान एक गिलास दूध पिएर ८ नबज्दै अस्पताल पुग्थे । दिनभर काम गर्थे । दिउँसो १ बजेतिर होटल फर्केर कहिले दालमोठ र एक थर्मस मनतातो पानी खान्थे, कहिले जुस र पानी खाएर फर्किन्थे । कमलाले सुनाइन्, ‘राति ८–९ बजेतिर फर्केर चारवटा रोटी र अलिकति तरकारी मात्रै खानुहुन्थ्यो ।’

कमलाले ०७३ सालमा श्रीमानकाे उपचार गर्न महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका बेला डा. केसीलाई पहिलो पटक भेटेकी थिइन् । राजधानीको ठूलो अस्पतालमा काम गर्ने डाक्टरको सादगी देखेर छक्कै लागेको उनले सुनाइन् । ‘आफ्नै पैसाले मात्रै खाने । जे दिए पनि मीठो छ भन्ने । नुन–खुर्सानीसँग मात्रै रोटी दिए पनि खुसी भएर खाने,’ कमलाले भनिन् ।कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.