भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

शिवरात्रिमा ४ लाखले गरे पशुपति दर्शन


  • फाल्गुन २८, २०७७
  • 789 Views
शिवरात्रिमा ४ लाखले गरे पशुपति दर्शन image

काठमाडौँ । शिवरात्रिमा अपेक्षाभन्दा निकै कम दर्शनार्थीले पशुपतिनाथ मन्दिर दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषले यसपटक ८ देखि १० लाख जनासम्म दर्शनार्थी आउने अनुमान गरेकामा करिब ४ लाखको मात्रै उपस्थिति रहेको हो ।

कोरोना महामारीको असर पशुपति दर्शनमा पनि परेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्य आशा पाण्डेले बताइन् । काठमाडौं उपत्यकाका दर्शनार्थीको संख्या बढे पनि देशका अन्य ठाउँबाट आउनेको संख्या घटेको उनको भनाइ छ । ‘भारतबाट आउनेको संख्या भने न्यून रह्यो,’ उनले भनिन्, ‘गत वर्षको भन्दा व्यवस्थापन भने राम्रो भयो, भीड कम भएकाले पनि व्यवस्थापनमा सजिलो भएको हो ।’

सुनको जलहरी राखिएकाले त्यसलाई हेर्नकै लागि पनि धेरै दर्शनार्थी आउँछन् भन्ने अनुमान कोषको थियो । तर त्यसको प्रभाव नपरेको पाण्डेले सुनाइन् । कोषले पशुपतिनाथ ज्योतिर्लिंगको पीठिकामा १०८ किलोको सुनको जलहरी राखेको थियो । स्थानीय, सम्पदा संरक्षण अभियन्ता र मन्दिरकै भण्डारीले समेत विरोध गर्दा पनि कोषले जलहरी राखेको थियो । सर्वोच्च अदालतले समेत जलहरी नराख्न अन्तरकालीन आदेश दिएको थियो ।

दर्शनका क्रममा स्वास्थ्य सुरक्षा मापदण्ड पालनालाई अनिवार्य गरिएको भनिए पनि त्यस्तो देखिँदैनथ्यो । अधिकांश दर्शनार्थीले मास्क लगाए पनि सेनिटाइजरको प्रयोग र भौतिक दूरीको पालना भने गरिएको देखिएन । यो वर्ष नागाबाबाको उपस्थितिसमेत गत वर्षको भन्दा निकै कम रहेको कोषले जनाएको छ । गुठी संस्थानले गत वर्ष ५ सय नागाबाबा भारतबाट आएको अनुमान गरेको थियो ।

शिवरात्रिमा पशुपतिमा आउने साधुसन्त र नागाबाबाहरूको खाने, बस्नेलगायत सम्पूर्ण व्यवस्था संस्थानले गर्दै आएको छ । शिवरात्रिलाई भगवान् शिवको जन्मदिनका रूपमा मनाइन्छ । यस दिन शिवको ज्योतिर्लिंग उत्पत्ति भएको विश्वासमा पूजा, आराधना गर्दै निराहार व्रत बस्ने र रातमा जाग्राम बस्ने चलन छ ।

यही दिन शिवको पार्वतीसँग विवाह भएको पनि मानिन्छ । शिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न देश–विदेशका भक्तजनको भीड लाग्छ । यो पर्व नेपालका अतिरिक्त भारत, इन्डोनेसिया, फिजी, मरिससलगायत हिन्दु बाहुल्य भएका क्षेत्रमा विशेष रूपमा मनाइन्छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.