भर्खरै : Sorry, your browser does not support inline SVG.
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, बीपी राजमार्ग र कान्ति लोकपथ पूर्ण रूपमा बन्द | मुक्ति घोषणा भएको चार वर्ष स् हरवाचरवा समुदाय पहिचानबाट वञ्चित | भारी वर्षाको चेतावनी, २३ जिल्ला रेड अलर्टमा | मनसुन जोखिम बढेपछि निजी हेलिकप्टर, ड्रोन र र्‍याफ्टिङ तयारीमा राख्दै सरकार | सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

श्रीमतीमाथि दुर्व्यवहार गरेपछि ‘सुपारी’ दिएर हत्या


  • असार २०, २०७९
  • 389 Views
श्रीमतीमाथि दुर्व्यवहार गरेपछि ‘सुपारी’ दिएर हत्या image

झापा । श्रीमतीमाथि दुर्व्यवहार गरेको निहुँमा झापामा एक भारतीय नागरिकको हत्या भएको खुलेको छ । श्रीमान्को अगाडि श्रीमतीलाई दुर्व्यवहार गरेपछि भारतीय नागरिक ४० वर्षीय जपाडिया नरेशकुमार बाबु भाइको हत्या भएको खुलेको हो । उनी भारत गुजरातका हुन् ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–७, डाँडागाउँकी ३२ वर्षीया जानुका सुवेदी थापा, उनका ४९ वर्षीय श्रीमान् विनय भनिने बृखबहादुर थापा र सुनसरी बराहाक्षेत्र नगरपालिका–१० का २५ वर्षीय सुरेश परियार रहेको प्रहरीले जनाएको छ । एकजना अझै फरार छन् । फरार व्यक्तिको प्रहरीले परिचय खुलाएको छैन । आरोपितलाई प्रहरीले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।

भारतीय नागरिक नरेशकुमारको शव १२ असारमा साँझ ६ बजे अर्जुनधारा–४ स्थित ह्युमपाइपभित्र बोरामा भेटिएको थियो । घटना शंकास्पद भएपछि अनुसन्धानका क्रममा हत्या भएको पाइएको प्रहरीले जनाएको छ । जानुकालाई भारतीय नागरिक नरेशकुमारले दुर्व्यवहार गरेपछि उनका श्रीमान् बृखबहादुर र जानुकाले हत्याको योजना बनाएका थिए । उनको हत्या गरेबापत परियार र पहिचान नखुलाइएका एक व्यक्तिलाई पाँच लाखको ‘सुपारी’ दिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । ‘जानुका, बृखबहादुर थापा र सुरेश तथा फरार एक व्यक्तिबीच हत्या गरेबापत पाँच लाख सुपारी दिने सहमति भएको पाइन्छ,’ उनले भने, ‘हत्यापछि परियारलाई दुई लाख र फरार व्यक्तिलाई एक लाखसमेत दिएको पाइयो ।’

सुपारी लिएपछि ९ असारमा उनको हत्या भएको प्रहरीले जनाएको छ । राति जानुका र बृखकै घरमा हत्या गरेर बोरामा पोको पारेर बाइकमा राखी ह्युमपाइपभित्र फ्याँकेको भेटिएको प्रहरीले जनाएको छ । मृतक नरेशकुमार र जानुकाबीच तीन वर्ष लामो चिनजान रहेको प्रहरीले जनाएको छ । ०७६ मंसिरमा कामका लागि दिल्ली गएकी जानुका र उनीबीच भेटघाट र चिनजान रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनले जानुकालाई पानीट्यांकीसम्म पुर्‍याउन आएको प्रहरीले जनाएको छ । त्यसयता पनि उनीहरूबीच निरन्तर सम्पर्क रहेको प्रहरीले जनाएको छ । ०७६ चैतमा जानुकाका छोराछोरीलाई खेलाउन पठाएको पाइएको एसपी पोखरेलले जानकारी दिए । मृतकले जानुकाको घर बनाउन भनेर पाँच लाख रुपैयाँ पनि लिएको प्रहरीले जनाएको छ ।

मृतक नरेशकुमारलाई प्रहरीले ४ वैशाख ०७९ मा अवैध ५९ हजार भारुसहित पक्राउ गरी राजस्व कार्यालयमा बुझाएको पाइएको छ । उनलाई कार्यालयले धरौटीमा छाडेको थियो । तारेख धाउनुपर्ने भएपछि उनी जेठमा जानुकाको घरमा आएर तीन दिन बसेको प्रहरीले जनाएको छ । त्यही समयमा श्रीमान्कै अगाडि दुर्व्यवहार गरेपछि हत्याको योजना बनेको प्रहरीले जनाएको छ । उनी ७ असारमा पुनः जानुकाको घरमा आएर बसेको प्रहरीले जनाएको छ ।

९ असारमा इटहरीमा तारेख गएर आएका उनको साँझ हत्या भएको प्रहरीले जनाएको छ । ‘लामो समयदेखि सम्बन्ध देखिन्छ । श्रीमान्को अगाडि दुर्व्यवहार गरेपछि हत्याको योजना बनेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले भने । आरोपितलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । आरोपितलाई जिल्ला अदालत झापाबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नयाँ पत्रिका दैनिकबाट..

 


Thali Mobile Pvt.Ltd.