भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘संक्रमणकालीन टिमलाई सहयोग नगरे नराम्रो परिणाम निम्तिने’


  • मंसिर २, २०७७
  • 429 Views
‘संक्रमणकालीन टिमलाई सहयोग नगरे नराम्रो परिणाम निम्तिने’ image

काठमाडौँ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरुको संक्रमणकालीन टिमलाई सहयोग नगरे त्यसले नराम्रो परिणाम निम्तिने चेतावनी दिएका छन् । आफूहरुको टिमसँग ट्रम्प र उनको प्रशासनले राष्ट्रिय सुरक्षा, कोरोना महामारी रोकथाम तथा नियन्त्रण र खोप वितरणका बारेमा ब्रिफिङ नगरेको बाइडेनले बताएका छन् ।

वर्तमान राष्ट्रपति ट्रम्पले लगातार चुनावमा धाँधली भएको र आफूले चुनाव जितेको झुटो दाबी गरिरहेका बेला बाइडेनको यस्तो प्रतिक्रिया आएको हो । ‘हामीले सहकार्य गरेनौं भने धेरै मानिस मर्नेछन्,’ डेलावेरको विल्मिंगटनमा पत्रकारहरुसँगको कुराकानीमा बाइडेनले भने । बाइडेन र उनका सहयोगीहरुले ट्रम्प प्रशासनले कोरोना महामारी रोकथाम र नियन्त्रण तथा निकट भविष्यमा हुन सक्ने खोप वितरणको ढाँचाबारे ब्रिफिङ र सहकार्य गर्नुपर्नेमा जोड दिइरहेका छन् ।

ट्रम्प प्रशासनले भने खोप वितरणबारे छुट्टै योजना बनाइरहेको बताइरहेको छ । बाइडेनले जति छिटो सहकार्य गरेर अघि बढ्न सकियो त्यति छिटो कोरोना महामारीबाट छुटकारा पाउन सकिने सम्भावना रहेको बताएका छन् । नोभेम्बर ३ मा भएको निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले ३०६ इलेक्टोरल भोट प्राप्त गरेका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोटको आवश्यकता हुन्छ ।

राष्ट्रपति ट्रम्पले भने २३२ इलेक्टोरल भोट प्राप्त गरेका छन् । रिपब्लिकन पार्टीले जोर्जिया राज्यमा धाँधली भएको आरोप लगाउँदै कानुनी चुनौती दिएपछि त्यहाँ भने हातैले पुनस् मतगणना भइरहेको छ । तर सीएनएन, बीबीसी, एपीलगायतका सञ्चारमाध्यमले भने जोर्जियामा बाइडेन विजयी भएको प्रक्षेपण गरिसकेका छन् । कान्तिपुरबाट…

 


Thali Mobile Pvt.Ltd.