भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

संविधान दिवस: संविधानप्रदत्त मौलिक हकको अनुभूति नागरिकले गर्न पाएनन् 


  • आश्विन ३, २०७७
  • 605 Views
संविधान दिवस: संविधानप्रदत्त मौलिक हकको अनुभूति नागरिकले गर्न पाएनन्  image

काठमाडौँ । नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको छ । संविधान जारीपछि राजनीतिक रूपमा पूरा गर्नुपर्ने दायित्वहरू क्रमशः कार्यान्वयनमा छन् । कानुन र आवश्यक संरचना निर्माणका काम केही सीमितबाहेक तोकिएको अवधिमा सम्पन्न भएका छन् । तर, संविधानले परिकल्पना गरेको कतिपय संरचना निर्माण र नागरिक तहसम्म राज्यबाट प्राप्त गर्ने लाभ वितरण भने अझै हुन सकेको छैन ।

कतिपय कानुन निर्माण भए पनि नागरिकले अपनत्व गर्ने गरी कार्यान्वयन अभाव छ । कतिपय कानुन अनुसारका संरचना नै निर्माण भएका छैनन् । संविधान जारी भएपछि कतिपय काम सम्पन्न गर्ने निश्चित समय तोकिएका थिए । अदालतहरूको पुनर्संरचना, मौलिक हकका कानुन निर्माण, संविधानसँग बाझिने ऐन संशोधनको पनि समय तोकिएको थियो । त्योभन्दा अघि सङ्क्रमणकाल अन्त्य र सङ्घीय संरचनाअनुसार तीनै तहका निर्वाचन अनिवार्य थिए । निर्वाचनपछि सबै तहका सरकारहरू क्रियाशील छन् ।

संविधान जारीको पृष्ठभूमिमा रहेर केही समय अपनत्वको प्रश्न उठ्यो तर संविधानको पहिलो संशोधनपछि लामो सङ्क्रमण अन्त्यका लागि राजनीतिक दलहरू तयार भए र निर्वाचन भयो । दुुई दशकपछि स्थानीय तहमा निर्वाचन भयो । सङ्घीयता कार्यान्वयनका लागि सङ्घ र प्रदेशका निर्वाचन सम्पन्न भए । वैधानिक रूपमा संविधानले परिकल्पना गरे अनुसारको सङ्घीय व्यवस्था कार्यान्वयनमा आयो । मौलिक हकका कानुन तीन वर्षको अवधिमा तर्जुमा भएका छन् । सम्बद्ध नियमावलीहरू भने अझै पूर्ण रूपमा निर्माण र कार्यान्वयनमा आएका छैनन् ।

जसले संविधानप्रदत्त मौलिक हकका कतिपय व्यवस्थाको अनुभूति नागरिकले गर्न पाएका छैनन् । यस्तै संविधान अनुकूल निर्माण गर्नुपर्ने अधिकांश ऐन संशोधन सकिएका छन् । सङ्घ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्धसम्बन्धी विधेयक कार्यान्वयनमा आइसकेको छ । साझा अधिकार सूचीका केही कानुन भने अझै संसद्मा विचाराधीन नै छन् । संविधान कार्यान्वयन चरणबद्ध रूपमा भइरहँदा कार्यान्वयनको अवस्था, समीक्षा भने भएको छैन । मौलिक हक प्रचलनका केही नियमावली तथा आधारभूत नागरिक अधिकार नागरिकताको विवाद पनि अहिलेसम्म सम्बोधन भएको छैन ।

संविधानले परिकल्पना गरेका अन्य कतिपय संरचना अझै पूर्ण हुन सकेका छैनन् । यस्तै संविधानले परिकल्पना गरेका कतिपय आयोगहरू अझै पदाधिकारीविहीन नै छन् । केही आयोगमा पदाधिकारी आधा मात्र छन् । केहीमा सदस्य छन्, प्रमुख छैनन् । कतिमा प्रमुख छन्, सदस्य छैनन् । नागरिकले आधारभूत रूपमा राज्यबाट पाउने सकारात्मक विभेदका नीति कतिपय संरचना नबन्दा पाउन सकेका छैनन् ।

संविधान जारीदेखि नै राजनीतिक दलको एक समूह संविधानका अन्तर्वस्तुमा विभाजित छ र ऐन–मौकामा संविधान संशोधनको विषय उठाइरहेको पनि छ तर स्पष्ट विषय किटान गर्न नसक्दा सरकार र राजनीतिक दलबीच गहन विमर्श हुन सकेको छैन । संशोधनको आवश्यकता र औचित्य स्थापित गर्न नसक्दा संशोधनको गृहकार्य भएको छैन । मधेसकेन्द्रित राजनीतिक दलले राजनीतिक कार्यसूूचीका रूपमा भने संविधान संशोधनलाई उठाइरहेका छन् । गोरखा पत्रबाट…

 


Thali Mobile Pvt.Ltd.