भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

संवैधानिक नियुक्ति टुंग्याउनेमा यस्तो छ ओली–प्रचण्डको गृहकार्य


  • आश्विन १, २०७७
  • 727 Views
संवैधानिक नियुक्ति टुंग्याउनेमा यस्तो छ ओली–प्रचण्डको गृहकार्य image

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी कांग्रेससँगको परामर्शमा लामो समयदेखि अड्किएको संवैधानिक अंग र विश्व विद्यालयका पदाधिकारीहरुको नियुक्ति टुंग्याउने गृहकार्य शुरु गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा वुधबार भएको छलफलमा ओली र प्रचण्डबीच भएको छलफलमा अड्किएका नियुक्ति छिटो टुंगो लगाउन विहिबार बालुवाटारमा कांग्रेससँग छलफल गर्ने समझ्दारीसमेत बनेको छ । प्रधानमन्त्री ओली र प्रचण्डले कांग्रेस सभापति शेरबहादुरसँग त्यसबारे छलफल गरेर टुंग्याउने प्रयास गर्ने नेकपाका संसदीय दलका उपनेता सुबास नेम्बाङले जानकारी दिए ।

ओली र प्रचण्डसँगको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।दुई अध्यक्षसँग वुधबार बेग्लाबेग्लै बालुवाटारमा भेटेका नेता नेम्बाङले नयाँ पत्रिकासँग भने,‘उहाँहरुले त्यसअनुसार छलफल गरेर विहिबार प्रमुख प्रतिपक्षी कांग्रेससँग छलफल गर्ने तय गर्नुभएको छ, सम्भवत सभापति शेरबहादुर देउवासँग विहिबार कुराकानी हुनेछ ।’ छलफलमा नेकपाका तर्फबाट नेम्बाङ र कांग्रेसका तर्फबाट रमेश लेखक पनि सहभागी हुनेछन् ।

संवैधानिक अंगहरुमा छिटो नियुक्ति गर्ने विषयमा ओली र प्रचण्डले १ भदौमा प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग छलफल गरेका थिए । त्यसबारे पार्टीभित्र पनि छलफल आवश्यक रहेको भन्दै ओलीले पार्टी बैठकबाट धारणा तय गरेपछि अर्को पटक छलफल गरेर टुंग्याउने देउवालाई अवगत गराएका थिए । नेकपाका नेता नेम्बाङले विगतको छलफलको निरन्तरताकै क्रममा सकभर विहिबारै टुंग्याउनेगरी छलफल गर्ने तयारी भइरहेको जानकारी दिए ।

संवैधानिक परिषदमा प्रमुख प्रतिक्षी दलका नेता पनि सदस्य रहने व्यबस्था छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगसहितका कतिपय संवैधानिक अंग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा कांग्रेसले पनि स्थान सुरक्षित गर्ने कोसिस गर्दै आएको छ । ती अंगहरुमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित शीर्ष नेताहरुको चासो पनि सम्बोधन गर्नुपर्ने बाध्यतामा ओली छन् । तयार भएका हुन् । नयाँ पत्रिकाबाट…

 


Thali Mobile Pvt.Ltd.