DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सन् २०१७ मा उडान भरेको त्यो ‘रहस्यमय’ एक जहाज


  • मंसिर २३, २०७८
  • 479 Views
सन् २०१७ मा उडान भरेको त्यो ‘रहस्यमय’ एक जहाज image

काठमाडौं । सन् २०१७ जुलाई २७ देखि अगस्ट ७ सम्म काठमाडौंको आकाशमा अनौठो जहाज उड्यो। त्यसबीच ९ उडान भरेको उक्त जहाज २० किलोमिटरभन्दा माथिसम्म पुग्यो। जुन उचाइ व्यावसायिक विमानहरूको भन्दा दोब्बर थियो। अत्याधुनिक प्रविधिका २५ वैज्ञानिक उपकरणसहित क्यामेराहरू बोकेको जहाजले धेरै कोणबाट तस्बिर लियो।

अध्ययनरअनुसन्धान गर्‍यो। रसियन एम ५५–जियोफिसिका रिसर्च एयरक्य्राफ्ट कसरी आयो र किन उड्यो, अहिलेसम्म धेरैलाई पत्तो छैन। जुन–जुन निकायलाई जानकारी छ, गोप्य राखिएको छ। विश्वको अग्लो भागको उच्च आकाशबाट जलवायु परिवर्तनको अनुसन्धान गर्ने भनिए पनि ‘नेपथ्य रहस्यहरू’ समेत हुन सक्ने सरकारी अधिकारीहरूको आँकलन छ। त्यसलाई यो तथ्यले बल पुर्‍याउँछ–अनुसन्धानको विस्तृत परिणाम र तस्बिरहरू नेपाललाई दिने सर्त भए पनि अनुसन्धानकर्ताहरूले दिएनन्। हाम्रा सम्बद्ध निकायले पनि माग्नेरखोज्ने काममा ताकेता गरेनन्।

जर्मन संस्था अल्फ्रेड वेगेनर इन्स्टिच्युट, हेल्म्होल्ज सेन्टर फर पोलार एन्ड मरिन रिसर्च ९एडब्लूआई० ले अनुसन्धानको नेतृत्व गरेको थियो। उक्त स्टार्टोक्लिम प्रोजेक्टमा युरोपेली ११ मुलुक, अमेरिका, बंगलादेश, भारत र नेपालका गरी ३७ अनुसन्धानकर्ता संस्था सामेल भएका थिए। त्यसमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्ट जोडिएको थियो।

महालेखापरीक्षकको कार्यालयले यसमा गम्भीर त्रुटि भएको औंल्याएको थियो। २०७४ पुस १८ गते विज्ञान तथा प्रविधि मन्त्रालयलाई महालेखाले पठाएको प्रारम्भिक प्रतिवेदनमा यसबारे विभिन्न प्रश्न उठाइएको छ। तर, त्यसको किनारा अहिलेसम्म लागेको छैन। महालेखापरीक्षकको मूल प्रतिवेदन जुन सबैलाई बाँडिन्छमा भने यसलाई राखिएको थिएन।

महालेखापरीक्षकको कार्यालयमै राखिने र सम्बन्धित निकायलाई दिइने प्रारम्भिक प्रतिवेदनमा भने त्यसलाई निकै गहनतापूर्वक उठाइएको थियो। उच्च स्रोतबाट प्राप्त जानकारीका आधारमा हामीले महालेखामा सूचनाको हक प्रयोग गरी उक्त प्रतिवेदन प्राप्त गरेका छौं। त्यो प्रतिवेदनमा नेपाली आकाशमा विदेशी अनुसन्धान जहाज स्वच्छन्द उडाइएको तर नेपालले केही नपाएको देखाइएको छ।

यसमा आर्थिक अनुशासन पालना नभएको पनि प्रतिवेदनमा उल्लेख छ। यसका लागि युरोपियन युनियनबाट १२ मिलियन युरो ९१ अर्ब ५० करोड रुपैयाँभन्दा बढी० वित्तीय सहयोग आएको तर कुनै पनि नेपाली निकाय वा संस्थामार्फत खर्च भएको नपाइएको महालेखाले देखाएको छ।

के हो जहाजको कथा ?
नेपाली आकाशमा जलवायु परिवर्तनसम्बन्धी अध्ययन गर्नेबारे नास्टले एडब्लूआईसँग २०१७ जनवरी १७ मा सम्झौता गरेको थियो। महालेखा भन्छ, ‘समझदारीपत्रमा समावेश भएका शर्तहरूको कार्यान्वयन नगरी नेपालको आकाशमा रसियन लडाकु विमान अवतरण गरी करिब दुई हप्तासम्म ९जुलाई २७ देखि अगस्ट ७ सम्म० उडान गरी तथ्यांक, सूचना तथा तस्बिरहरू संकलन गरेको देखिन्छ।’

महालेखाका अनुसार समझदारीपत्रको दफा २ मा स्ट्राटोक्लिम रिर्सचका उपलब्धि नेपालले प्राप्त गर्न सकेन। समझदारीमा नेपाली वैज्ञानिकको क्षमता विकासमा सहयोग पुर्‍याउने भनिए पनि, महालेखा भन्छ, ‘नास्टको सम्पर्क बिन्दु निशा राणा तथा केही अन्य व्यक्तिलाई उक्त लडाकु जहाज हेर्न दिनेसम्मको कार्य मात्र भएको, अनुसन्धान कार्यको कुनै पनि चरणमा नेपालबाट कसैलाई समावेश नगर्नुको साथै साझेदारीमा उल्लेख भएका कुनै पनि व्यवस्थाको अल्फ्रेड वेग्नर इन्स्टिच्युटबाट पालना नभएको नास्टका वैज्ञानिक कर्मचारीबाट जानकारी पाइयो।’

प्रतिवेदन भन्छ, ‘नेपाली आकाशको स्टा«टोजोन क्षेत्रसम्म उडान गरी अध्ययनपछि कुनै तथ्य, सूचना तथा तस्बिरहरू अल्फ्रेड वेग्नर इन्स्टिच्युटले नेपाललाई उपलब्ध नगराई आफैंले जर्मनी लिएर गएकोे तर नेपालमा कुनै पनि निकायलाई सो सम्बन्धमा आगामी कार्यमा समावेश गरेको पाइएन। विज्ञान तथा प्रविधि क्षेत्रको नेपाल सरकारको उच्च तहको निकाय तथा नास्टको तालुक र नेपाल सरकारसँग सम्पर्क निकाय नेपाल विज्ञान तथा प्रविधि मन्त्रालय स्टे«टोक्लिम रिसर्च सम्बन्धमा जानकारविहीन रहेको पाइयो।’

महालेखाका अनुसार नेपाल सरकारका जिम्मेवार मन्त्रालय तथा निकायहरू कन्सेर्टियममा संलग्न भएको देखिए पनि नेपालको विद्यमान कानुन व्यवस्थाबमोजिमको द्विपक्षीय वा बहुपक्षिक सहयोग परिचालनसम्बन्धी सम्झौता बेगर नै वैदेशिक अनुसन्धानदातालाई नेपाली पक्ष मूल दर्शक रहने गरी महत्त्वपूर्ण अनुसन्धान कार्य सञ्चालन गर्न दिइएको थियो।

उक्त अनुसन्धानको कन्सोर्टियममा रक्षा, गृह, विज्ञान तथा प्रविधि, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, योजना आयोग, भन्सार विभाग, जल तथा मौसम विज्ञान विभाग, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन विश्वाविद्यालय र नास्ट थिए। ‘यसै अनुसन्धानको एक हिस्सामा रहेको भनी काठमाडौं विश्वविद्यालय परिसरबाट बेलुनको माध्यमबाट अनुसन्धान यन्त्रहरू जडान गरेको तथा बाह्य कक्षा सञ्चालन गरेको प्रकाशित समाचार तथा इन्टरनेट विवरणबाट देखियो,’ महालेखाको प्रतिवेदन भन्छ, ‘तर, यति महत्त्वपूर्ण र संवेदनशील अनुसन्धान कार्यमा काठमाडौं विश्वविद्यालयबाट नेपालका कुनै पनि जिम्मेवार निकायसँग परामर्श वा सहमति तथा अनुमति लिइएको देखिएन।’

आर्थिक वर्ष २०७३र७४ मा महालेखाले यस विषयलाई उठान गरे पनि अहिलेसम्म रहस्यमय छ। नेपाली आकाशमा यसरी विमान उडाउन दिनु र सहमतिअनुसारको शर्तहरू पालना गर्न नसक्नुमा महालेखाले प्रश्न उठाएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०ले पनि यसबाट निकालिएको निष्कर्षका विषयमा कुनै जानकारी सार्वजनिक गरेको छैन।

नास्टका प्रवक्ता सुरेशकुमार ढुंगेलले उक्त वैज्ञानिक अनुसन्धान जलवायु परिवर्तनको अध्ययनमा मात्र केन्द्रित रहेको दाबी गरे। ‘विभिन्न विज्ञहरूको छलफलबाटै उपकरणजडित विमान उडाउन नास्टले सहयोगी भूमिका खेलेको थियो,’ उनले भने, ‘वायुमण्डलको विषयमा नेपालले गर्न नसकेको अनुसन्धान अन्य देशले गर्न खोज्दा किन अनुमति नदिने भन्ने लागेर नास्टले सहकार्य गरेको थियो।’ उनका अनुसार समझदारीपत्रमा तत्कालीन जर्मन राजदूत र नास्टका तत्कालीन उपकुलपति डा। जीवराज पोख्रेलले हस्ताक्षर गरेका थिए।

समझदारीपत्रमा अनुसन्धान सहजीकरण गरेबापत नेपाली वैज्ञानिकको सक्षमता अभिवृद्धि गर्ने र अनुसन्धानबाट प्राप्त सम्पत्तिमा नेपालको पनि स्वामित्व रहनेलगायत शर्त छन्। त्यसअनुसार काम भने नभएको नास्टले स्वीकार गरेको छ। ‘विज्ञता बढाउने कुरामा सघाउने भन्ने कुरा थियो। त्यसमा उनीहरूले नसघाएको सही हो। यसमा हाम्रो पनि स्वामित्व रहने जस्ता कुराहरू सहमतिमा थिए। उनीहरूले सुरुआतमा केही अपडेट दिएका थिए।

अनुसन्धानकर्ता भन्छन्, ‘अति महत्त्वपूर्ण सूचना पाइयो’
अनुसन्धानको नेतृत्व गरेको जर्मन संस्था एडब्लूआईले आफ्नो वेबसाइटमा यसबारे संक्षिप्त जानकारी र ३ वटा तस्बिर राखेको छ। त्यसमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख छ। ‘एसियन मनसुन सिस्टम पृथ्वीकै ठूलो र ऊर्जावान् जलवायु प्रणाली हो। एसियाका एक अर्बभन्दा बढी जनसंख्यालाई पेट पाल्न यही मौसमी वर्षाले काम गरेको छ,’ एडब्लूआईको प्रतिवेदनमा भनिएको छ, ‘एडब्लूआईको नेतृत्वमा अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको टिमले मनसुन सिस्टमको उपल्लो तहमा अध्ययन गरेको छ।

त्यसमा नेपालबाट हाई अल्टिच्युट एयरक्य्राफ्ट प्रयोग गरिएको छ। यसको परिणामले यो महत्त्वपूर्ण जलवायु प्रणालीले विश्वव्यापी जलवायु परिवर्तनमा कस्तो प्रभाव पारेको छ र भविष्यमा कसरी परिवर्तन हुनेछ भन्ने बुझ्न सहयोग पुर्‍याउनेछ।’ अनुसन्धानको नेतृत्वकर्ता एडब्लूआईले उक्त अध्ययनबाट धेरै महत्त्वपूर्ण जानकारी हासिल गरिएको जनाएको छ। परियोजनाको नेतृत्व गरेका एडब्लूआईका मार्कुस रेक्सले भनेका छन्, ‘स्ट्राटोस्फियर समतापमण्डलसम्म पुग्ने वायुको कम्पोजिसन अध्ययन गर्न र त्यसले विश्वव्यापी रूपमा कस्तो प्रभाव पारेको छ भन्ने पहिल्याउन हामी पहिलोपल्ट सफल भएका छौं।

’ अनुसन्धानमा प्रयोग गरिएको जहाजले मनसुनको माथिल्लो तहसम्म पुगेर क्लोज–अपदेखि लङसटसम्म तस्बिर लिएको थियो। स्टार्टोक्लिम एयरक्य्राफ्ट क्याम्पेन ग्रुपको नेतृत्व गरेको रिसर्च सेन्टर जुलिचका फ्रेड स्ट्रोहले भनेका छन्, ‘रसियन एम५५–जियोफिसिका रिसर्च एयरक्य्राफ्ट काठमाडौंबाट २७ जुलाई २०१७ मा उडेको थियो। नेपाल, भारत र बंगलादेशको २० किलोमिटरभन्दा माथिको आकाशमा यसले पहिलोपल्ट २५ वटा विशेष विकसित वैज्ञानिक उपकरण पुर्‍याएको थियो। जुन जहाज अन्य विमानभन्दा दोब्बर माथि पुगेको थियो।’ अनुसन्धानका क्रममा जहाजका साथै नेपाल, बंगलादेश, चीन, भारत र पलाउबाट रिसर्च बेलुनसमेत उडाइएको थियो। अन्नपूर्ण पोष्ट दैनिकबाट……

 


Thali Mobile Pvt.Ltd.