भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सभामुख सापकोटालाई ‘साइड’ लगाउन कति सम्भव ?


  • माघ २७, २०७८
  • 451 Views
सभामुख सापकोटालाई ‘साइड’ लगाउन कति सम्भव ? image

काठमाडौं । संविधानमा सभामुख हटाउन सकिने एउटा मात्रै व्यवस्था छ। पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाका एक चौथाइ सांसदले दर्ता गर्नुपर्छ। उक्त प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्यको दुईतिहाइ बहुमतबाट पारित भएमा मात्रै सभामुख पदमुक्त हुन सक्ने व्यवस्था संविधानको धारा ९१ मा व्यवस्था छ। सभामुखले पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्तावमा छलफल हुने बैठकको अध्यक्षता उपसभामुखले गर्ने व्यवस्था छ। यस्तो प्रस्तावमा सभामुखले भाग लिन र मत दिन भने पाउँछन्।

प्रतिनिधिसभामा एमालेका ९८, कांग्रेसका ६३ ९२ जना निलम्बित० छन्। सभामुख अग्नि सापकोटालाई हटाउने प्रस्ताव कांग्रेसले गरे एमालेले साथ दिने बताएको छ। तर, एमाले र कांग्रेसको संख्याले मात्रै सभामुखलाई अपदस्थ गर्न पुग्दैन। प्रतिनिधिसभामा २ सय ७१ सांसद छन्। जसको दुईतिहाइ १८१ हुन्छ। एमाले र कांग्रेसको जोड्दा दुईतिहाइ पुग्दैन। माओवादी केन्द्रका ४९ जना छन्। नेकपा ९एकीकृत समाजवादी० २३, जनता समाजवादी पार्टी, नेपाल १९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल १३ छन्। राष्ट्रिय जनमोर्चा नेपाल, राप्रपा र नेमकिपाको १र१ जना छन्। लोसपाले एमाले कांग्रेसलाई साथ दिए पनि दुईतिहाइ पुग्दैन।

सभामुख हटाउने प्रस्ताव पारित हुने सम्भावना कम देखिन्छ। एमाले नेता महेश बस्नेतले सभामुखविरुद्ध महाभियोग प्रस्ताव ल्याउनुपर्ने बताउँदै आएका छन्। संविधानविद् अधिकारी बलियो सरकार भएको भए अहिलेसम्म सभामुखविरुद्ध महाभियोग लगाइसक्ने बताउँछन्। तर, महाभियोगले राजनीतिक अस्थिरता झनै बढाउने उनको भनाइ छ। महाभियोगभन्दा सभामुखको विवेकको विषय महत्वपूर्ण रहेको उनी बताउँछन्।

नेपालको संविधान
९१। प्रतिनिधिसभाको सभामुख र उपसभामुखः
९६० देहायको कुनै अवस्थामा प्रतिनिधिसभाको सभामुख वा उपसभामुखको पद रिक्त हुनेछ
९क० निज प्रतिनिधिसभाको सदस्य नरहेमा,
तर, प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन्।

९ख० निजले लिखित राजीनामा दिएमा,
९ग० निजले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा।
९७० प्रतिनिधिसभाको सभामुखले पद अनुकूलको आचारण नगरेको भन्ने प्रस्तावउपर छलफल हुने बैठकको अध्यक्षता प्रतिनिधिसभाको उपभामुखले गर्नेछ। त्यस्तो प्रस्तावको छलफलमा प्रतिनिधिसभाको सभामुखले भाग लिन र मत दिन पाउनेछ।

प्रतिनिधिसभामा कुन दलका कति सांसद रु
एमाले
९८
कांग्रेस
६३ (२ निलम्बित)
माओवादी
४९
एकीकृत समाजवादी
२३
जसपा
१९
लोसपा
१३
अन्य
३

अन्नपूर्णपाष्ट दैनिकबाट

 


Thali Mobile Pvt.Ltd.